अखिल क्रान्तिकारीको तिन ‘स’ अभियान सम्पन्न

२०७२ चैत्र २ गते, मंगलवार

काठमाडौं, २ चैत । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माघ ११ गते झापाको विर्तामोडबाट सुरुवात गरेको तिन स अभियान आज कञ्चनपुरको सुदुरपश्चिम विश्वविद्यालयमा पुगेर समापन गरेको छ । संघर्ष, संगठन र सदस्यता लाई विशेष गराएर मेची देखी महाकाली सम्म अखिल (क्रान्तिकारी)ले आयोजना गरेको अभियानमा तराई प्रदेशका झण्डै सबै क्याम्पस, विद्यालयहरुमा संगठन निर्माण , सदस्यता वितरण र संघर्षलाई अगाडी बढाएको छ । विशेषता ः राष्ट्रियता, भारतीय हस्तक्षेप, राजनीतिक दलहरुको भारतप्रतिको लम्पसार र विद्यार्थीहरुको आन्दोलनमा भूमिका र राष्ट्रियतालागी विद्यार्थी एवंम आम यूवालाई आन्दोलनको मुल प्रवाहामा आव्हान गर्ने यो अभियानको मुल उदेश्य रहेको थियो ।
सुदुरपश्चिम विश्वविद्यालयमा सम्पन्न समापन समारोहमा संगठनका केन्द्रिय अध्यक्ष पूर्ण सिंह, उपाध्यक्ष लालबहादुर तामाङ, महासचिव दिपेन्द्र चलाउने, सचिव रामबहादुर वि.क., केन्द्रिय सचिवालय सदस्य, केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष एवंम अभियानका अभियान्ता साथै समग्र विद्यार्थीहरुको उत्साहजनक उपस्थितीमा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्ता एवंम विद्यार्थीका नेता तथा कार्यकर्ताले देशको राजनीतिक आन्दोलन अब अर्काे पाटो सुरुवात भएको भन्दै लड्नको लागी तयारी अवस्थामा रहन समेत आग्रह गरेका थिए । – शिव डुम्रे

प्रतिक्रियाहरु