जिका भाइरसले मश्तिष्कलाइ नोक्सान पुर्याउने

२०७२ फाल्गुन २२ गते, शनिबार

काठमाण्डौ ,२२ फागुन । अमेरिकी वैज्ञानिकले जिका भाइरसको संक्रमणले बालबालिकाको विकसित हुँदै गरेको मश्तिष्कको विशेष कोशिका नष्ट गर्ने बताएका छन । दक्षिण अमेरिकी तथा क्यारेबियन देशमा महामरिको रुपमा फैलिएको जिका संक्रमणका कारण बालबालिकाको मश्तिष्कमा असामान्य असर पर्ने कुरा स्पष्ट भएको अनुसन्धानमा संलग्न अमेरिकी वैज्ञानिकले बताएका हुन् । सेल स्टिम सेलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा जिका भाइरसको संक्रमणका कारण बालकालिकाको मश्तिष्कको न्युरल प्रोजेनिटर सेलमा असर पर्ने गरेको र यसले गर्दा मश्तिष्कमा असामान्य असर पर्ने उल्लेख छ । यसअघि जिकाका कारण मश्तिष्कमा असर पर्ने दाबी गरिएको भएपनि कस्तो असर पर्छ भन्ने यकिन भएको थिएन । तर यो अनुसन्धानले जिका र मश्तिष्कमा पर्ने असरका बारेमा महत्वपूर्ण जानकारी दिएको अनुसन्धानकर्ताले बताएका छन् । यसले जिका भाइरस र असामान्य आकारको मश्तिष्कमा बारेमा बुझ्न सहयोग गर्नेछ । तर यो नै अन्तिम तथा निर्णायक नतिजा मान्न भने नसकिने अमेरिकी अनुसन्धानकर्ताको भनाई छ । फ्लोरिडाको एमोरी विश्वविद्यालयका प्राध्यापक जोन्स होपकिन्स नेतृत्वको टोलीले अनुसन्धान गरेको हो । अनुसन्धानको क्रममा एक नमुना मश्तिष्क कोशिकालाई दुई भाइरसबाट दुई घण्टासम्म संक्रमित गराएर त्यसको तीन दिनपछि अवलोकन गरिएको थियो । त्यसक्रममा कोशिकाको ९० प्रतिशत भाग जिका भाइरसका कारण संक्रमित भएको थियो । यसले कोशिकाको तीन भाग मरेको थियो भने अरु भागको विकास रोकिएको थियो । जिका भाइरसका कारण बढी प्रभावित भएको ब्राजिलमा मश्तिष्कको आकार सानो भएका चार हजार ८ सय भन्दा धेरै बालबालिका जन्मिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु