प्रहरीलाई चौबीसै घण्टा इन्धन दिन निर्देशन

२०७२ फाल्गुन २० गते, बिहीबार

काठमाडौ, २० फागुन । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आइतबारदेखि आफ्नो पेट्रोल पम्पबाट २४ घण्टा इन्धन दिन निर्देशन दिएको छ ।
सर्वसाधारणको सहजताका लागि जुनसुकै बेला इन्धन वितरण गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताएका छन ।
उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई दुईवटा पेट्रोल पम्प छन् । नेपाल प्रहरीको नक्साल र सामाखुसी तथा सशस्त्र प्रहरीको हलचोक र भक्तपुरमा पम्प छ । आयल निगमसँग आवश्यकताअनुसार इन्धन लिएर प्रहरीका पम्पबाट २४ घण्टा वितरणका लागि गृहले निर्देशन दिएको हो । – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब

२०८१ जेष्ठ ११ गते, शुक्रबार

नेप्से १५.५४ अंकले बढ्यो

२०८१ जेष्ठ ९ गते, बुधबार