चिडियाखाना वार्षिकोत्सव मनाउँदै

२०७२ पुष १४ गते, मंगलवार

काठमाडौ , १४ पौष । विक्रम संवत १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराले नीजिरुपमा स्थापना गरेको चिडियाखानाको व्यवस्थापनको जिम्मा सरकारले २०५२ सालमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको थियो । आज सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना व्यवस्थापन गर्न दिएको २० वर्ष पुगेको छ । व्यवस्थापन सुरु गरेको २० वर्ष पुगेको अवसरमा सदर चिडियाखानाले मंगलबार विभिन्न कार्यक्रम गर्दैछ । अहिले चिडियाखानामा झण्डै एक सय १६ प्रजातिका साढे ८ सयभन्दा बढी जीवजन्तु छन् ।
जीवजन्तु बढेअनुसार राख्ने ठाउँको अभाव नै अहिलेको मुख्य समस्या भएको चिडियाखानाकी व्यवस्थापक सरिता ज्ञवालीले बताए । ६ हेक्टरमा फैलिएको चिडियाखाना साँघुरो भएकैले नयाँ कार्यक्रम ल्याउन अप्ठेरो परेको उनले बताए । चिडियाखानालाई सूर्यविनायकमा सार्नेबारे सरकारले निर्णय गरिसकेको छ । सरकारी निर्णय अनुसार काम हुने बित्तिकै त्यहाँ ठूला प्रकारका जीवजन्तुलाई सार्ने चिडियाखानाको तयारी छ ।

प्रतिक्रियाहरु