पर्यटन र खानेपानी संस्थानमा आगजनी

२०७२ पुष १२ गते, आईतवार

काठमाडौ, १२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बन्दको अवज्ञा गरेको भन्दै जनकपुरमा दुईवटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । उनीहरुले पिडारीचोकमा रहेको जनकपुर पर्यटन कार्यालय र रामानन्दचोकमा रहेको खानेपानी संस्थान कार्यालयमा आगजनी गरेका छन । मधेसी मोर्चा र मधेस क्रान्ति संघर्ष समितिका नेता कार्यकर्ताले पर्यटन कार्यालयमा आगजनी गरेपछि कार्यालयमा रहेको केही महत्वपूर्ण कागजात र कुर्सी जलेको कार्यालयले जनाएको छ ।
त्यस्तै, खानेपानी संस्थानको कार्यालयमा मोर्चाको नेता कार्यकर्ताले तोडफोड गर्दै आगजानीको प्रयास गरेका छन् । कार्यालयको झ्याल तथा केही फर्निचरको सरसमान तोडफोड भएको कार्यालयले जनाएको छ ।
बन्दको अवज्ञा गर्ने कार्यालयमा जुनसुकै बेला तोडफोड र आगजनी हुन सक्ने भन्दै मोर्चा धनुषाका संयोजक शेषनारायण यादवले चेतावनी दिनुभएको छ ।आन्दोलनरत्त पक्षहरु संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, प्रगतिशील मधेसी समाज, मधेस अधिकार संघर्ष समिति, मधेस क्रान्ति संघर्ष समितिले आइतबार जनकपुर बजार बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रियाहरु