‘फ्रि भिसा र फ्रि टिकट’ लागु हुन्छ : ओली

२०७२ पुष ४ गते, शनिबार

काठमाडौ, ४ पुस । प्रधानमन्त्री केपी ओलीले विदेशमा नेपाली कामदार ‘फ्रि भिसा र फ्रि टिकट’ मा पठाउने सरकारी निर्णय पूर्ण कार्यान्वयन गर्न सरकार दृढ रहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस’ का अवसरमा शुक्रबार शुभकामना मन्तव्य दिँदै श्रम तथा रोजगारमन्त्रीसमेत रहेका ओलीले यस्तो दृढता व्यक्त गरेका हुन् । डिसेम्बर १८ मा मनाइने ‘अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस’ नेपालमा सोमबारदेखि आइतबारसम्म साताव्यापी कार्यक्रम गरी मनाइँदै छ ।
सरकारले असार २१ गतेदेखि खाडीका ६ मुलुक र मलेसियामा जाने कामदारलाई फ्रि टिकट र भिसा प्रणाली लागू गरेको छ । तर, त्यो प्रणाली नाम मात्रैको भएको गुनासो बढेपछि सरकारी निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको छ । ‘वैदेशिक रोजगारी सुरक्षित र मर्यादित हुन सहज र सुलभ पनि हुनुपर्नेमा सरकार स्पष्ट छ,’ उनले भने ।

प्रतिक्रियाहरु