निजी कारलाई तत्काल पेट्रोल दिन नसक्ने : आयाल निगम

२०७२ पुष १ गते, बुधबार

काठमाडौं, १ पुस । नेपाल आयाल निगमले निजी चार पाङ्ग्रे गाडीलाई तत्काल पेट्रोल वितरण गर्न नसक्ने जनाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले पेट्रोलको आयात नबढेकाले तत्काल निजी/कार जीपलाई पेट्रोल वितरण नगर्ने बताए ।उनले पहिलेको तुलनामा पेट्रोलको आयात केहि बढेपनि काठमाडौं भित्रने गरी नबढेकाले तत्काल निजी गाडीलाई पेट्रोल वितरण गर्न नसक्ने बताए । नेपालगञ्ज, विराटनगर र धनगढी नाका केहि सहज भए पनि भैरहवा र रक्सौल नाकामा अवरोध रहेकाले काठमाडौंमा पेट्रोलको आयात बढ्न सकेको छैन ।
निगमले यसअघि निजी मोटरसाइकललाई लटका आधारमा पेट्रोल वितरण गरेको थियो । यसैबिच रुट परिवर्तन गरेर ल्याउन लागिएका ग्यासका बुलेट भैरहवामा रोकिएको छ । भैरहवामा १ सय २८ ग्यास बुलेट रोकिएका निगमले जनाएको छ । रक्सौलमा अबरुद्ध भएका ग्यासका बुलेट निगमले रिरुट गरी भैरहवा नाका हुँदै ल्याउन लागेको थियो ।

प्रतिक्रियाहरु