अब एसएमएसबाट इन्धन बितरण : निगम

२०७२ मंसिर २८ गते, सोमबार

काठमाडौं, २८ मंसिर । नेपाल आयल निगमले आगामी हप्तादेखि एसएमएसबाट इन्धन बिक्रीबारे जानकारी दिने भएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले अर्को हप्तादेखि एसएमएस सेवा सुरु गर्न लागिएको बताए । उनका अनुसार अहिले यो एसएमएस सेवाको परीक्षण भइरहेको छ । एसएमएस सेवा लागु भएपछि उपभोक्ताले लाइनमा नबसकिनै तेल पाउने प्रवक्ता घिमिरेले बताए । उपभोक्ताले आफ्नै मोबाइलमार्फत एसएमएस गरेर तेल बिक्री हुने पम्प र पालोबारेमा जानकारी पाउन सक्नेछन् ।
मोबाइलमा ११ ११ डायल गरी ब्लु बुकको नम्बर र गाडी नम्बर टाईप गरी नजिकको पेट्रो पम्पको नाम र आफूलाई चाहिएको डिजेल वा पेट्रोलका बारेमा निगमलाई एसएमएस गरे निगमले त्यो पम्पमा तेलको अवस्था र वितरण गर्ने दिनका बारेमा जानकारी गराउने छ । तर अहिले भने यो सेवा परीक्षणकालमा नै रहेको प्रवक्ता घिमिरेले बताए । उनका अनुसार यसमा केही फेरबदल आवश्यक परेकाले अर्को हप्तादेखि भने एसएमएस सेवा दिने तयारी भइरहेको छ । निगमले आयात भएका इन्धन व्यवस्थित रुपमा बाँड्न यस्तो तयारी गरेको हो ।

प्रतिक्रियाहरु