इन्धन आयात बढ्न थाल्यो : निगम

२०७२ मंसिर २५ गते, शुक्रबार

काठमाडौ, २५ मंसिर । नेपाल आयल निगमले विराटनटर, धनगढी, काँकडभिट्टा र नेपालगञ्जको नाकाबाट इन्धन आयात बढ्न थालेको जनाएको छ ।
रक्सौल र बेलहिया नाका बाहेक अरु नाकाबाट पहिलोको तुलनामा धेरै इन्धन बोकेका गाडी भित्रन थालेका निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । उनका अनुसार विराटनगर नाकामा केही समस्या छैन । अरु नाका पनि बिस्तारै खुकुलो हुँदै गएको उहाँको भनाई छ । निगमले आउँदो सोमबारपछि चार पाङ्ग्रे गाडीलाई पनि इन्धन दिने योजना बनाएको प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रियाहरु