परासीबजार सुचारु

२०७२ मंसिर २४ गते, बिहीबार

काठमाडौ, २४ मंसिर । नवलपरासीको सदरमुकाम परासी बिहीबारदेखि पूर्णरुपमा खुला भएको छ । संयुक्त मधेसी मोर्चा नवलपरासीले यातायात सञ्चालन गर्न दिएपछि परासी क्षेत्रका सबै व्यवसाय बिहीबारबाट खुला भएका हुन् । तर मोर्चाले लामो दुरीका सवारी साधन सन्चालन र इन्धनको ओसार पसारमा भने रोक लगाइएको जनाएको छ । मधेसी मोर्चाले यसअघि पसल र शैक्षिक क्षेत्र खुला गर्न भने पनि चार महिनादेखि परासी क्षेत्रमा यातायात चल्न दिएको थिएन ।

प्रतिक्रियाहरु