भूकम्पपीडितलाई सहयोग गर्नेलाई सम्मान

२०७२ मंसिर २२ गते, मंगलवार

काठमाडौ, २२ मंसिर । विनाशकारी भूकम्पमा परेकालाई उद्धार, स्वास्थ्योपचार र राहत वितरण सहयोग गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका गैरसरकारी सङ्घसंस्था, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी र व्यक्ति विशेष गरी दुई दर्जनलाई एक समारोहबीच सम्मान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिअन्तर्गतको स्वास्थ्य तथा पोषण कलस्टरअन्तर्गत सञ्चालित पीडितको उद्धार, स्वास्थ्योपचार तथा राहत कार्यमा संलग्न सङ्घसंस्था तथा व्यक्ति विशेषलाई सांसद गुरुप्रसाद बुर्लाकोटी र जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष प्रजिअ दीपक काफ्लेले सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा भूकम्पमा ज्यान गुमाएका ६८१ जनाको नामावली र घाइते भएकाको उद्धार गरी उपचार गरिएको विवरणसमेत सार्वजनिकीकरण गरिएको थियो । – रासस

प्रतिक्रियाहरु