चिनियाँ पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पर्ने

२०७२ मंसिर २१ गते, सोमबार

काठमाडौं, २१ मंसिर । चाइना नेसनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो चाइना)ले नेपाल आयल निगमलाई उपलब्ध गराएको मूल्य सूचीअनुसार राजधानी आइपुग्दा करसहित पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पर्छ । त्यसैगरी डिजेल १५५ रुपैयाँ प्रतिलिटर पर्छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको मूल्यसूची निगमलाई पठाएको हो । कर बाहेक केरुङमा पेट्रोल प्रतिलिटर ८८ रुपैयाँ र डिजेल ८४ रुपैयाँमा उपलब्ध हुने सो दैनिकमा जनाइएको छ । नेपाल आयल निगमले अहिले भारतसँग रक्सौलको मूल्य अनुसार कर छुटमा पेट्रोल प्रतिलिटर ४५ रुपैयाँ ४७ पैसामा खरिद गर्दै आएको छ ।

प्रतिक्रियाहरु