इन्धन अभाबले आन्तरिक उडान प्रभावित

२०७२ मंसिर ४ गते, शुक्रबार

काठमाडौं,४ मंसिर । नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसकेपछि आज आन्तरिक उडान प्रभावित भएको छ । भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले भारतबाट हवाई उडानमार्फत तेल ल्याउने गरेको थियो । तर हिजो वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि आन्तरिक उडान प्रभावित भएको हो ।
नेपाल आयल निगमले नेवानिलाई हवाई इन्धन आपूर्तिका लागि यसअघि नै रु १३ करोड अग्रिम भुक्तानी गरिसकेको छ । तर पूर्व प्रतिबद्धताअनुसार इन्धन नल्याएपछि आन्तरिक उडान बन्द हुने भएको हो । निगमले भारतको कोलकात्तामा दैनिक तीन उडान गरेर प्रतिउडान ३० टन इन्धन ल्याइरहेको थियो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगम बुद्ध, यति, सिम्रिक, तारालगायतका आन्तरिक सेवा प्रदायक कम्पनिले मुलुकका विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन् । आन्तरिक उडानका लागि दैनिक एक लाख पचास हजार लिटर इन्धन आवश्यक पर्दछ ।
आन्तरिक उडानका लागि दैनिक एक लाख पचास हजार लिटर इन्धन आवश्यक पर्दछ । वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले निगमको इन्धन बोक्ने जहाज ७५७ ले काठमाडौँ–बैंङ्कक उडान गर्नुपर्ने भएकाले हिजो हवाई इन्धन आयात नसकिएको बताए ।

प्रतिक्रियाहरु