१२५ ट्यांकर इन्धन नेपाल प्रवेश

२०७२ कार्तिक ३० गते, सोमबार

काठमाडौं, ३० कार्तिक । हिजो दिनभरमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट १२५ वटा इन्धन बोकेका सवारी साधन नेपाल प्रवेश गरेको छ । बिराटनगर–जोगबनी नाकाबाट हिजो १८ ट्याङ्कर डिजल, ५ ट्याङकर पेट्रोल, ४ बुलेट ग्यास सहित १४० वटा मालवाहक सवारी साधन भित्रियो । भैरहवा–सुनौली नाकाबाट ३५ ट्याङ्कर डिजल, २ ट्याङकर पेट्रोल, २० बुलेट ग्यास र २९८ वटा मालवाहक सवारी साधनहरु भित्रिए । नेपालगञ्ज–रुपैडिहा नाकाबाट २३ ट्याङ्कर डिजल, २० ट्याङकर पेट्रोल र ६५ वटा मालवाहक सवारी साधनहरु आएका छन् ।
यस्तै पूर्वको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट २ बुलेट ग्यास सहित ५७ वटा मालवाहक गाडीहरु नेपाल भित्रिएका छन् । बीरगञ्ज–रक्सौल नाका भने दुई महिना यता पूर्ण रुपमा ठप्प नै छ ।

प्रतिक्रियाहरु