तीन ट्याङ्कर पेट्रोल काठमाडौं आउदै

२०७२ कार्तिक १७ गते, मंगलवार

काठमाडौ, १७ कात्तिक । दोस्रो चरणअन्तर्गत चीनबाट सोमबार साँझ नेपाल भित्रिएको पेट्रोलियम पदार्थ बोकेका तीन ट्याङ्कर आज बिहानै काठमाडौंतर्फ प्रस्थान गरेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार पेट्रोलियम पदार्थ बोकेका तीन ट्याङ्कर मंगलबार बिहान ७ बजे धुन्चेबाट थानकोटका लागि हिँडेका हुन् । चिनियाँ ट्याङ्करले तेल लिएर केरुङ आइपुग्न बाँकी रहेका कारण तेल भर्न गएको अर्को एक ट्याङ्कर भने टिमुरेमा रहेको र सम्भवतः आज साँझसम्ममा सो ट्याङ्करमा तेल भरिने अनुमान रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ ।

प्रतिक्रियाहरु