चीनवाट पेट्रोल काठमाडौं आइपुग्दै

२०७२ कार्तिक १६ गते, सोमबार

काठमाडौं, १५ कार्तिक । नेपाल आयल निगमले चीनले अनुदानमा दिएको पेट्रोलको पहिलो खेप आज काठमाडौं आइपुग्ने जनाएको छ । निगमका अनुसार पेट्रोल भरेका १२ वटा ट्यांकर बेलुकासम्म काठमाडौं आइपुग्ने छन । निगमका प्रवक्ता दीपक बरालका अनुसार पेट्रोल भरेका १२ वटा ट्यांकर रसुवागढीबाट छुटिसेका छन् । ती ट्यांकर बेलुकासम्म काठमाडौं आइपुग्नेछन् । यस्तै निगमले सोमबार पेट्रोल लोड गर्न अरु तीन वटा ट्यांकर पनि केरुङ पठाउँदैछ ।
मंगलबारदेखि भने २० – २२ वटा ट्यांकरले नियमित पेट्रोल लोड गरी काठमाडौं ल्याउने प्रवक्ता बरालले जानकारी दिए । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि चीनले अनुदानमा नेपाललाई झण्डै १३ लाख लिटर पेट्रोल दिएको हो ।
यसैगरी , नेपालीको दोस्रो ठूलो चाड तिहारका लागि स्थानीय व्यवसायीले चीनबाट आजदेखि स्याउ नेपाल भित्र््याउने तयारी गरेका छन् । नेपालमा भित्र्याउने स्याउ केरुङसम्म आइपुगेको र नेपाली कन्टेनरले आज रसुवागढी नाकाबाट नेपाल भित्र्याउने तयारी भएको नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलले जानकारी दिए । नेपाली व्यापारीले आयात गरेका चिनियाँ सामग्री चीनको सिगात्सेबाट केरुङतर्फ आउने क्रम सुरु भएकाले काठमाडौँको बजारमा तयारी कपडासहित विविध सामग्री तिहारभन्दा अगाडि लगभग एकसय वटा कन्टेनर भित्र्याउने व्यवसायीहरुको तयारी छ । रसुवागढी नाका खुलेपछि सीमानजिक टिमुरे क्षेत्रमा चहलपहल निकै बढेको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र लिनका लागि स्थानीय बासिन्दा दिनहुँ भीड लाग्न थालेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।

प्रतिक्रियाहरु