नेपाललाई इन्धन संकटबाट मुक्त गराउछौं : चीन

२०७२ कार्तिक ११ गते, बुधबार

काठमाडौं, ११ कार्तिक । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्याङले नेपाललाई इन्धन संकटबाट मुक्त गराउने बताएकि छन । उनले नेपाल सरकारले अनुरोध गरेबमोजिम इन्धन सहायता उपलब्ध गराएर इन्धन संकटबाट नेपाललाई मुक्त गराउन चीन तयार रहेको बताएकी हुन् । नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा अहिले दुई पक्षबीच गहिरो संवाद भईरहेको चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चुन्याङले बताईन् । चीनबाट ईन्धन आपूर्ति गर्ने सम्बन्धमा आज प्रारम्भिक समझदारी हुनसक्ने बताईएको छ ।
चीनवाट अनुदानस्वरुप प्राप्त पेट्रोल काठमाडौं आईपुग्न अझै केही समय लाग्ने भएको छ । तिब्बतको केरुङबाट काठमाडौंसम्म पेट्रोल ढुवानी गर्न आवश्यक ट्याङ्कर प्रवन्ध गर्न नसक्दा पेट्रोल राजधानीसम्म आइपुग्न अझै केही लाग्ने भएको हो ।
चीनले ट्याङ्कर, चालक र सहचालकको विवरण मागिरहेको छ भने ढुवानी व्यवासायीहरुले उनीहरुको सुरक्षा र बीमाको माग गरिरहेका छन् ।
नेपालले चीनसँग सम्झौता गरि पहिलोपटक पेट्रोल आयात गर्न लागेकाले सबै प्रक्रिया पुरा गर्न अनिवार्य भएको आयल निगमले जनाएको छ ।
उता चीनबाट अनुदानमा आउने पेट्रोलको पहिलो खेप केरुङ आईपुगेको बताईएको छ । चीनले तिब्बतको राजधनी ल्हास्सासम्म पाईपलाईनबाट ईन्धन ल्याउने गरेको छ । त्यहाँबाट सिगात्सेसम्म रेलमार्फत ढुवानी गरिनेछ भने सिगात्सेबाट केरुङसम्म चिनियाँ ट्यांकरहरुले तेल ल्याउनेछन् । केरुङबाट काठमाडौंसम्म झण्डै १७२ किलोमिटरको दुरीमा भने नेपाली ट्यांकरहरुले तेल ढुवानी गर्नेछन् ।

प्रतिक्रियाहरु