यसकारण, फेसबुक चलाउन छाड्नुस्

२०७२ आश्विन २९ गते, शुक्रबार

काठमाडौँ । हाल दैनिक डेढ अर्ब मानिसले फेसबुक चलाउँछन् । विश्वमा सबैभन्दा व्यापक प्रयोगमा रहेको यो सोसल नेटवर्किंग साइट फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्ब नाघिसकेको छ । फेसबुक हाम्रो यति नजिकको साथी बनिसकेको छ कि यसमा हामीले हाम्रो जिवनका धेरै कुराहरु शेयर गर्न थालिसकेका छौँ । हाम्रा सोँच, विचार, भावना, अवस्थिति, योजना, जानकारी, सूचना तथा तथ्यांकलगायतका कुराहरु फेसबुकमा शेयर गर्ने तथा साथीभाइ तथा परिवारसँग जोडिने तथा सम्पर्कमा रहने सजिलो माध्यम बनिरहेको छ फेसबुक । फेसबुक प्रयोगका केही फाइदाजनक कुराहरु तथा सकारात्मक पक्षहरु छन् । तर फेसबुकको लत यति बढिसकेको छ की यसले धेरै नकारात्मक असरहरु पनि पारेको छ । जसका कारण फेसबुक चलाउनु अघि हामीले ठण्डा दिमागले सोँच्नु आवश्यक छ । कतिपय नकारात्मक असरहरु हेर्दा त फेसबुक चलाउनै छाड्दा राम्रो । फेसबुक चलाउन छाड्दा जाति हुने ६ कारण यस्ता छन्–
फेसबुकले तपाइँको समय बर्बाद पारिरहेको छ ः एक अध्ययनअनुसार १० वर्षदेखि सक्रिय रुपमा फेसबुक चलाइरहेका मानिसले यो दश वर्षमा आफ्नो जिवनको पूरै ४० दिन फेसबुकमै बिताएको छ । सामान्य रुपमा फेसबुक चलाउने मानिसले पनि औषतमा दिनमा १७ मिनेट फेसबुकमा बिताउने गर्छ । दिनमा १ घण्टासम्म फेसबुक चलाउने मानिसले त समग्रमा डेढ सय दिन फेसबुकमा लाइक तथा कमेण्ट गरेर बिताउने देखिएको छ ।
फेसबुकले तपाइँलाई विज्ञापनमा फसाउँछ ः आफ्नो फेसबुक अकाउण्टमा दिइएको व्यक्तिगत जानकारीका आधारमा फेसबुकले तपाइँको टाइमलाइनमा विभिन्न खाले विज्ञापनहरु प्रकाशित गर्दछ । यस अर्थमा फेसबुकले तपाइँको आनीबानी तथा व्यक्तिगत जानकारीको समेत व्यापारिक प्रयोग गर्दछ र त्यसलाई नाफाको लागि उपयोग गर्दछ ।
स्वास्थ्यका लागि पनि हानिकारक स् विभिन्न अध्ययनहरुबाट के पुष्टि भैसकेको छ भने फेसबुकको अत्यधिक प्रयोगले मानिसको रोग प्रतिरोधी प्रणालीमा प्रभाव पार्दछ । साथै यसले हर्माेनको वृद्धि रोक्ने, सोँचाइलाई सिमिति गरिदिने, सिर्जनशीलता मारिदिने तथा पाचन क्रियामा पनि नकारात्मक असर पूराउँदछ । यसका साथै फेसबुकको अत्यधिक प्रयोगले मानिसको आँखाको ज्योतिमा नकारात्मक असर पूराउनका साथै मनको खुसी तथा निद्रामा पनि असर पु¥याउने अध्ययनले देखाएको छ ।
चिन्दै नचिनेकासँग बेकारको दोस्ती ः एक अध्ययनअनुसार फेसबुकका वयस्क प्रयोगकर्ताका औषतमा ३३८ जना फेसबुके साथी हुन्छन् । तीमध्ये १० प्रतिशत अपरिचित साथी हुने अध्ययनले देखाएको छ । यसरी चिन्दै नचिनेका पनि फेसबुकका साथी हुने हुनाले त्यो अनावश्यक हुन्छ र फेसबुक प्रयोगकर्ता त्यस्ता मानिससँगको सँगतमा अनावश्यक समय खर्च गरिरहेको हुन्छ ।
तनावको कारक ः मनोविज्ञहरुका अनुसार फेसबुक प्रयोगका कारण मानिसहरुमा तनाव तथा निरासा बढिरहेको छ । यदि तपाइँले आपूmसँग असहमत हुने मानिसलाई फेसबुकबाट अनफ्रेण्ड गर्दै हुनुहुन्छ र फेसबुकका कमेण्टहरु देखेर दिक्क बन्दै हुनुहुन्छ भने बुझ्नुहोस् फेसबुले तपाइँमा मानसिक असर पु¥याइरहेको छ र अब तपाइँले फेसबुक चलाउन छाड्ने बेला भएको छ ।
फेसबुकले निरुत्साहित पारिरहेको छ ः अध्ययनअनुसार फेसबुकको अत्यधिक प्रयोगका कारण मानिसमा विचलन, निरासा तथा आरिसे प्रवृत्तिमा समेत वृद्धि भएको छ । साथीहरुका निरन्तरका फेसबुक पोष्टहरु, त्यसमा ह्वात्तै आउने कमेण्ट तथा लाइकहरुका साथै साथीले घुमफिर तथा रमझमका दृश्यका तस्वीरहरुले मानिसलाई निरुत्साहित गराउन सक्छ । आफ्ना पोष्टहरुले लाइक तथा कमेण्ट खासै नपाउने तथा साथीको जस्तो घुमफिर तथा रमझमका क्षणहरु पनि आत्मसात गर्न नपाएको कुरामा चित्त दुख्ने र निरासा पैदा भएर मनोरोगकै सिर्जना हुने जोखिम रहेको विज्ञहरु बताउँछन् । त्यसका साथै फेसबुकले मानिसहरुले स्वभाविक संचार सीपमा पनि स्खलन ल्याउने, भाषिक रुपमा कमजोर बनाउने गरेको पनि पाइएको छ ।

प्रतिक्रियाहरु