‘सिको घडी’ उत्कृष्ट ब्रान्ड

२०७२ आश्विन २३ गते, शनिबार

काठमाडौँ । विश्वकै चर्चित ब्रान्ड सिकोले सन् २०१५र१६ को उत्कृष्ट ब्रान्ड उपाधि जितेको छ । २४ सेप्टेम्बरमा वल्र्ड ब्रान्डिङ फोरमले केन्सिङ्टन प्यालेस लन्डनमा आयोजना गरेको समारोहमा सिको घडीलाई उत्कृष्ट ब्रान्ड घोषित गरेको हो । संसारभरका दुई हजार ६ सय घडीका ब्रान्ड प्रतिस्पर्धामा थिए । अनलाइन मतदान, प्रयोगकर्ता माझ अध्ययन र वल्र्ड ब्रान्डिङ फोरमले गरेको ब्रान्ड मूल्यांकनको माध्यमबाट सिको ब्रान्ड ‘ब्रान्ड अफ दी एअर’ को रूपमा विजेता बनेको थियो । एप्पल, गुगल, मर्सिडिस, बेन्जजस्ता घडीका चर्चित ब्रान्डलाई सिको घडीले उछिन्यो । यो पुरस्कार भनेको विश्वका विभिन्न ब्रान्डको सफलताको खुसियाली मनाउनु होु, वल्र्ड ब्रान्डिङ फोरमका रिचार्ड रोएलेसले भने, यहाँ जित्नका लागि ७० प्रतिशत प्रयोगकर्ताको मत आवश्यक हुने भएकाले कुनै पनि ब्रान्डले ग्राहकमाझ विश्वास जितेर राम्रो स्थान बनाउन सक्नुपर्छ । त्यसैले यो उपाधि कुनै पनि ब्रान्डका लागि महत्वपूर्ण ु ब्रान्डिङ कम्युनिटी र छ । ग्राहकलाई ध्यान दिएर विभिन्न उत्पादनको ब्रान्ड बिकासमा लागि पर्दै आएको गैरनाफामूलक संस्था वल्र्ड ब्रान्डिङ फोरमले प्रदान गरेको उक्त उपाधि सिको ब्रान्डका लागि सिको यूके लिमिटेडका प्रमुख सुसुम्यु क्यावानिसीले ग्रहण गरेका थिए ।
नयाँ प्रविधि र विज्ञानसँग तालमेल गरी गुणस्तरीय, आकर्षक घडी उत्पादन गर्दै आएकाले उपभोक्ताले सिको घडी बढी रुचाएका छन् ।– सतीश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, पिङकी इन्टरनेशनल प्रा.लि. जापानी कम्पनी सिको घडीले नयाँ प्रविधि प्रयोग गरी आकर्षक र गुणस्तरीय उत्पादन गरेर ‘वाच अफ दी एअर अफ डाई प्रेस, आईईई माइलस्टोन अवार्ड, डिजाइन अवार्ड अफ दी वाच टाइम म्याग्जिनु जस्ता उपाधि हासिल गरिसकेको छ भने संसारको सबैभन्दा सानो टीभी उत्पादन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि नाम लेखाउन सफल भएको छ । विदेशमा मात्रै होइन, नेपाली बजार र उपभोक्तामाझ सिको घडीले छुट्टै पहिचान बनाइसकेको छ । सिको घडीको नेपालका लागि आधिकारिक विक्रेता पिङकी इन्टरनेसनल प्रालिले सिको घडी बिक्रीवितरण गर्छ । विगत १० वर्षदेखि नेपाली बजारमा सिको घडीका अनेकौं मोडेल ल्याइसकेका छौं’, पिङ्की इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सतीश श्रेष्ठले भने, ‘बजारमा सिको घडीले उपभोक्ताको मन जितिसकेको छ । उनका अनुसार नेपाली बजारमा सिको घडीका तीन सयभन्दा बढी मोडेल उपलब्ध छन् । यिनको मूल्य न्यूनतम १४ हजारदेखि एक लाख रुपैयाँ माथिसम्म छ । सिकोले घडीका लागि चाहिने सबै पार्टपुर्जा आफैं उत्पादन गर्दै आएको छ । ‘घडीका सबै पार्ट सहज रूपमा तत्काल उपलब्ध गराउँदै आएका छौं’, उनले भने ।
मेकानिकल, क्वाट्र्ज र स्प्रिङ ड्राइभ गरी तिनै खालका घडी उत्पादन गर्दै आएको सिको घडीको ९ एस मेकानिकल, ९ एफ क्वाट्र्ज, ९ आर स्प्रिङ ड्राइभ, एसबीजीआर ०९७, एसबीजीसी ०१३, एसबीजीएच ०३९, एसबीजीसी ००३, एसबीजीए ०२९, एसबीजीजे ००१ एसबीजीए ०३१ जस्ता तीन सयभन्दा बढी मोडेलका स्पोर्टी घडी बजारमा आइसकेका छन् । सिको कम्पनीले समयको मागअनुसार आफ्नो उत्पादनलाई नयाँ प्रविधि र विज्ञानसँग तालमेल गरी गुणस्तरीय, आकर्षक, विश्वसनीय ढंगले घडी उत्पादन गर्दै आएकाले उपभोक्ताले बढी रुचाएको श्रेष्ठले दाबी गरे ।

प्रतिक्रियाहरु