बोतलमा पेट्रोल !

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाडौ, १९ असोज । मधेसी मोर्चाले मध्य तराईमा गरेको बन्द आज ५३ औं दिन पनि जारी छ । लामो समयदेखिको बन्दका कारण स्थानीयको जनजीवन निक्कै कष्टकर बनेको छ । बन्दका कारण बजार, यातायात, पसल, बैंक, सरकारी कार्यालयका साथै शिक्षणसंस्था समेत खुल्न सकेका छैनन् । यातायातका साधन नचल्दा सामान ढुवानी हुन नसकेर बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको छ ।
खाना पकाउने ग्यास, डिजल, पेट्रोल र खाद्य सामाग्रीको समेत अभाव देखिएको छ । बीरगन्जमा भने स्थानीयले खुलेआम बोतलमा राखेर पेट्रोल बिक्री गरिरहेका छन् । दशैंको मुखमा पनि बजार र पसल खुल्न नसक्दा उपभोक्तालाई अत्यावश्यक सामाग्री किन्न कठीनाई भएको छ । बन्दबाट धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरीलगायतका जिल्ला प्रभावित बनेका हुन् । मधेशी मोर्चाका कार्यकर्ताले भने जिल्लाहरुमा दिनहुँ जस्तो प्रदर्शन कायमै राखेका छन् ।

प्रतिक्रियाहरु