डिलिट भएको एसएमएस हेर्ने भए …

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौँ । आपूलाई काम लाग्ने एसएमएस गल्तीले डिलिट भएर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता गर्न पर्दैन । एन्ड्रोइड स्मार्टफोनमा डिलिट भएको एसएमएस फेरि हेर्न सकिने भएको छ । डिलिट भएको एसएमएस सतप्रतिशत हेर्न सकिने निश्चित नभए पनि त्यसका लागि प्रयास भने गर्न सकिन्छ र प्रायः गरी सफलता पनि मिल्ने गरेको छ । कम्प्युटरमा कुनै फाइल डिलिट भएरमा रिसाइकलविनमा गएर बसे जस्तै एन्ड्रोइड स्मार्टफोनमा पनि डिलिट भएको एसएमएस तथा अरु सामग्री डिलिट भए पनि फोनमा रहने गर्दछ । डेटा रिकभरी सफ्टवेयर प्रयोग गरेर डिलिट भएको एसएमएस फेरि प्राप्त गर्न सकिन्छ । यो सफ्टवेयरले मोबाइलको स्क्यान गरेर डिलिट भएको सामग्री खोज्ने गर्दछ । यसका लागि एन्ड्रोइड डेटा रिकभरी, डाक्टर फोन, फोन पा जस्ता एप प्रयोग गर्न सकिन्छ ।
यस्तै मोबाइल सेवा प्रदायक कम्पनीबाट पनि तपाईंले आफ्नो एसएमएस फिर्ता लिन सक्नुहुन्छ । किनकि सबै मोबाइल सेवा प्रदायक कम्पनीले आफ्ना सबै प्रयोगकर्ताको एसएमएस स्टोर गरेका हुन्छन् । यदि तपाईंको एसएमएस गल्तीबस डिलिट भयो र त्यो तपाईंलाई अति नै आवश्यक छ भने मोबाइल सेवा प्रदायक कम्पनीसँग त्यो एसएमएस माग्न सक्नुहुन्छ ।
तर त्यसका लागि तपाईंले डिलिट भएको एसएमएस आपूmलाई आवश्यक भएको प्रमाणित गर्नु पर्ने हुन्छ । तर तपाईंको एसएमएस प्रहरी वा अरु कुनै कानुनी संस्थाले मागेमा भने मोबाइल सेवा प्रदायक कम्पनीले सजिलै दिने गर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु