धादिङमा गोली चल्यो, स्थिति तनावग्रस्त

२०७२ आश्विन ३ गते, आईतवार

काठमाडौं, ३ असोज । नेकपा माअाेवादीले आयोजना गरेको नेपाल बन्दका क्रममा धादिङ्ग भूमिस्थानको बैरेनीमा एउटा ट्रक र दुइओटा मोटरसाइकल तोडफोड भएको छ । ट्रक र मोटरसाइकल तोडफोड भएपछी त्यहाको स्थिति निकै तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइफायर समेत गरेको त्यहाबाट हाम्रा सम्बाददाताले जनाएका छन।
नयाँ संविधान जनविराेधी भएकाे भन्दै विप्लव माओवादीले अाज नेपाल बन्द गरेकाे छ । बन्दले देशभरका जनजीवन प्रभावित भएकाे छ । बन्दका कारणदेखि सडकमा सुनसान छन् भने मानिसहरु पैतल यात्रा गरिरहेका छन् । देशैभरी तरकारी, फाेहर, सुरक्षाकर्मी, कुटनीतिक नियाेग, एम्बुलेन्स र सञ्चारकर्मीका सवारी भने चलिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु