संकटले समाधान पनि देखाउँछ – भरत दाहाल

२०७२ भाद्र १६ गते, बुधबार

सामाजिक सञ्जालमा निराशाका भावहरू व्यक्त नगर्नुहाेस्। संकट केवल संकट मात्र हुँदैन, त्यसले अाफ्नाे गर्भमा अाफ्नै मृत्यू हुर्काएर ल्याएकाे हुन्छ। चरम संकटका बीचमा नै समाधानहरू निस्कने हुन्। अाफू चक्रवर्ति सम्राट बन्ने सपनामा हिंजाे विदेशिहरूकाे बुइ चढेर इतिहास भत्काउन भूमिका खेल्नेहरू अब अाफै भत्किंदैछन्। भाेलि यिनीहरूकाे जीवन पनि भत्किनेवाला छ। संकटले समाधान पनि देखाउँछ भन्ने कुराकाे याे एउटा उदाहरण हाे।
दाेश्राे कुरा, देशमा संकट छ तर नेपालकाे अस्तित्व धरापमा पर्ने संभावनालार्इ अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले अनुमति दिंदैन। चीन र भारतका बीचमा नेपाल विरूद्ध दीर्घकालिन गठबन्धन नबनेसम्म नेपालभित्र कुनै विदेशि निर्णायक बन्ने अवस्था छैन र चीन तथा भारतका बीचमा यस्ताे गठबन्धनकाे अाधार छैन। तिनीहरूका बीचकाे संबन्ध उपयाेगकाे संबन्ध हाे। क्षेत्रिय महत्वाकांक्षा र चीनप्रतिकाे इर्ष्याका कारणले भारतले पश्चिमी शक्तिहरूसंगकाे साझेदारि छाेड्ने संभावना पनि छैन।
तेश्राे ध्यान दिनु पर्ने कुरा के हाे भने माअाेवादी विद्राेहदेखि अाजसम्म देखा परेका उतार चढावहरूकाे भरपर्दाे सामाजिक अाधार छैन। सत्तापक्ष, विद्राेहि वा प्रतिपक्षका नाममा हिंजाेदेखि जे भैरहेकाे छ, याे पूरै प्रायाेजित छ। प्रायाेजित मुभले संकट उत्पन्न त गर्छ तर बाह्य सन्तुलनकाे अभावमा लक्षित निशानाभन्दा पहिले अाफै मर्छ। अरूले पम्प भरेर संसारमा अाँधि ल्याएकाे माअाेवादी जस्ताे पानीकाे फाेका हाम्रा लागि समाज विकासकाे नियम बुझ्ने गतिलाे उदाहरण हाे।
नेपालीहरूले यतिबेला बढि ध्यान दिनुपर्ने पक्ष भनेकाे संकट पछिकाे दिशाका बारेमा हाे। नेपाल विराेधि तत्वहरूले जुन जुन चिजमाथि हमला गर्दै अाएका छन्, ति चिजहरूकाे पुनर्स्थापना गरेर संस्थागत गर्नका लागि जनतालार्इ जागरूक बनाउनु महत्वपूर्ण छ। विदेशि र तिनका एजेन्टहरूकाे भण्डाफाेर, राष्ट्रियताकाे पक्षमा एकजुटता, उत्पादनमा सकृयता र अपराधिहरूकाे संभावित बेदखलिलार्इ ध्यानमा राखेर गाउँ गाउँमा सुरक्षा समितिहरूकाे गठनमा ध्यान दिनु जरूरी छ।

प्रतिक्रियाहरु