आज २१ औं तामाङ प्रशारण दिवस

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौ, १ भदौ । आज २१ औं तामाङ प्रशरण दिवस । तामाङ सन्चारकर्मीहरुले विविध कार्यक्रमको आयोजना गरि मनाउदैछन् । विक्रम सम्वद २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशरण भएको दिनको सम्झनामा तामाङ सन्चारकर्मीहरुले तामाङ प्रशरण दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा तामाङ सन्चारकर्मीहरुको साझा संगठन तामाङ सन्चार समुह केन्द्रिय कार्यसमितिले विशेष कार्यक्रमको आयोजना गरेको छ । राजधानीको अनमनगरमा हुने कार्यक्रममा प्रत्येक वर्ष जस्तै यस वर्षपनि दुई जना क्रियाशिल पत्राकारलाई तामाङ मिडिया अवार्डबाट सम्मान गरिदैछ ।
यस वर्षको तामाङ मिडिया अवार्ड रेडियो नमोबुद्ध काभ्रेका स्टेसन म्यानेजर भक्तबहादुर स्याङ्तान र औजार दैनिक धरानका बुद्धप्रसाद तामाङलाई प्रदान गरिने सन्चार समुहका अध्यक्ष जगत दोङले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु