भ्रष्ट भरतराज सुवेदीको नालिबेलि – नारायण नेपाल

२०७२ भाद्र १ गते, मंगलवार

राजधानिलगाएत देशैभरी नेकपा माओवादीको जनकारबाहीले भ्रष्टहरुको खैला वैला हुन थालेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई विप्लब नेतृत्वको नेकपा माओवादीका कार्यक्रताले कालोमोसो दलेर पर्चा छरेसँगै सुवेदीको बारेको धरै कर्तुतहरु सार्वजनिक भएको छ । ठुलो रकम कमिसन माग्ने र नदिए हैरान परेसान गर्न माहिर मानिएका सुवेदी माथिको कारबाहीसगै सरकार माओवादी माथि खनिएको छ । सुवेदीलाई आक्रमण गरेको भन्दै प्रहरीले काठमाडौंवाट राष्ट्रिय युवा जनस्वयमसेवको अध्यक्ष दिपक चलाउने, बसन्त भेट्टवाल,प्रमोद गिरी, सुमन तिमल्सीना,पूर्ण बहादुर विक उतम सिग्देल र तिलक मल्ललाई पक्राउ गरेको थियो ।
उनलाई अस्पतालमा भेट्न पुगेका प्रधानमन्त्री सुशिल कोइराला, प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललगाएतका राज्यको उच्च निकायका पदाधिकारीले आक्रमणकारीलाई समातेर कानुनी कारवाही गर्ने आश्वासन दिएर फर्किएका थिए ।

यो घटनासँगै चर्चामा आएको सुवेदीका यी हुन् चर्चित र्हकतहरु ।
१. नागरिकता काण्डः अर्थमन्त्री डा.रामशरण महतको साथ पाएर सरकारको उच्च ओहदामा पुग्न सफल भरतराज सुवेदी नागरिकतामा वर्ष घटाएर पदिय दुरुपयोग गर्न माहिर ब्यक्ति हुन् ।उनको खास जन्ममिती २०१४ साल असोज १५ गते हो । उच्च तहको प्रशासनिक पहुँचलाई दुरुपयोग गेर निजामती किताबखानावाट आफ्नो फाईल गायब गरेर नयाँ फाईल खडा गर्ने सफल भएका रहे । उनले २०१७ साल असोज १५ गतेको जन्ममिती कायम गरि दोस्रो किर्ते नागरिकता लिएका छन् । जसले नागरिकता किर्ते र २ वर्ष उमेर थपेको पोल खुल्यो ।
२ पिआर काण्डः ग्रिनकार्ड पिआरधारी कर्मचारीलाई कानूनी रुपमा सरकारी सेवामा बञ्चित छ । देशमा ग्रिनकार्ड र पिआरधारी कर्मचारीको लहर चलेपनि उनि यस्ता शक्तिशाली ब्यक्ति हुन् । जसले ग्रिनकार्ड त्याग्ने वा राजिनामा दिने होईन् । सामान्य प्रशासन मन्त्रालयवाट गठित अनुसन्धान आयोगलाई कागजपत्र नै नदिई अटेर बसेका छन् । उनि अष्ट्रेलियाको ग्रिनकार्ड धारी ब्यक्ति हुन् ।
३.महत र लालबाबु घम्सा घम्सीः सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ग्रिडकारी र पिआरधारी कर्मचारीमाथी निशाना लगाउन थालेपछि उनको प्रमुख चुनौतीको रुपमा खडा थिए यिनै भरतराज सुवेदी । तरपनि मन्त्रिपरिषदको वैठकमा भने लालबाबु पण्डितको चुनौतीलाई चुनौतीदिन सुवेदीको पक्षमा खडा भएका थिए अर्थमन्त्री रामशरण महत । राजस्व अनुसन्धान विभागवाट सामान्य प्रशासनको अतिरिक्त समुहमा थन्काईएका उनलाई महतकै जोडबलमा वैदेशिक रोजगार विभागमा लागिएको थियो । मन्त्रिपरिषदको वैठकमा महत र पण्डितबीचको जुहारी…पात्र बनेका थिए सुवेदी । महत र सुवेदीको चिनजान सुवेदी करकार्यलयको शाखाअघिकृत हुदाँ नुवाकोटकै कांग्रेसी नेताले जुराएका थिए ।
४ सरुवा काण्ड ःराजस्व अनुसन्धान विभागको उपमहानिर्देशन हुदाँ कर्मचारी सरुवा बढुवाको मोलमोलाई गर्ने एक प्रमुख थिए भरतराज सुवेदी । भन्सार विभागको प्रमुख हुदाँ ३१ करोड घोटाला गरेको अभियोग उनलाई लागेको थियो । टंकमणी शर्मा राजस्व अनुसन्धान विभागको उपमहानिर्देशन हुदाँ पनि यिनकै मोलमोलाई र सवै कामको हताकर्ता आफै थिए ।
५ लोकमान काण्ड ः जनआन्दोलन दमनको दोषी ठहरिएका लोकमानसिहं कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन लागेको भन्दै ब्यापक विरोध भएको थियो । यिनै विरोधलाई मथ्थर पार्दै एमाले, कांग्रेस, एमाओवादीको समझदारी निमार्णा गर्ने पर्दा पछाडकिो खेलाडी थिए ,भरतराज सुवेदी । प्रचण्ड, केपी र शुसिललाई मनाउन सक्ने उनको रहस्यमय कलाको कर्मचारी वृतमा निकै चर्चा थियो । यहि गुन तिर्नको लागि नै लोकमानले यिनलाई छुन सक्दैनन् ।
६. झया्ल काण्ड ः तात्कालीन अख्तियार प्रमुख सुर्यनाथ उपाध्यको कार्यलयमा राजश्व समुहका २२ जना कर्मचारीलाई पक्राउ गरेको घटना निकै चर्चित थियो । त्यो प्रकरणको पहिलो भष्ट्र थिए सुवेदी । छापामार्नु पूर्व नै अख्तियारका कर्मचारीले जानाकारी गराएपछि उनी घरको झया्लवाट हाम फालेर भारत फरार भएका थिए र मुद्धा अदालतमा गएपछी अदातलमा सब सेटिङ मिलाएर नेपाल भित्रिएका थिए । नेपाल आए लगत्तै एकरात अस्पताल भर्ना भएर उनी धरौटीमा रिहा भएका र मुद्धाको सफाई लिए । एकदिन पनि जेल हिरासतमा नटेकेका उनलाई न्यायलयले समेत भष्ट्रलाई सुनपानी छर्कने काम गरे । उनी न्यायलयले समेत छुन नसक्ने भष्ट्र हुन् ।
७.भारतिय नागरिकता ः नागरिकता बटुल्न निकै सोखिन देखिएका सुवेदीले नेपालमै २ वटा नागरिकता लिएका छन् । तेस्रो नागरिकताको रुपमा उनले भारतिय नागरिकता लिएका छन् । अख्तियारले समात्न खोज्दा भारत छिरेको सुवेदी एक बर्ष भारत रहे भारतिय नागरिकतावाटै अष्ट्रेलियाको ग्रिनकार्ड समेत लिन भ्याए । उनको नेपाल,भारत र अष्ट्रेलिया गरि ४ वटा नागरिकता बटुलेर बसेका छन् ।
८. महाधिवेशन काण्ड ः लोकमानलाई अख्तियार प्रमुख बनाउन सबै दल मिलाएका सुवेदीलाई आफ्नै पार्टी महाधिवेशन मिलाउन निकै कठिन परेको थियो । कांग्रेसको पोखरा महाअधिवेशनको बेला महेश आर्चायलाई चुनाव जिताउन ५ करोड लिएर पोखरा पुगेका थिए । यो घटना सार्वजनिक भएसँगै यापक चलखेल भएको भन्दै नेताहरुले उनको रकम लगानीको विषयमा प्रश्न उठाएका थिए । उनले ५ करोड लगानीमा नै महेशलाई चुनाव जिताए ।
९ . वाइसिएललाई बाईक ः सुवेदी राजस्व अनुसन्धान विभागको निर्देशक हुदाँ एमाओवादी युवा संगठन वाइसिएललाई ३५ वटा मोटरसाईकल पल्सर निशुल्क उपलब्ध गराएका थिए । संविधान सभाको चुनावमा एमाओवादी पहिलो पार्टी भएसँगै युवासंगठनले भष्ट्रचारीलाई कारबाही देशमा ठूलो हल्लीखल्ली मच्चाएसँगै आफुलाई कारवाहीवाट सुरक्षित हुनवाट बच्नलाई उनले बाईक बाँडेको खुल्न आएको हो ।
१०. युर्थफोर्सको योजना बाटैवाट फिर्ताः युवा संगठनको लडाकु दस्ता बनाएर चर्चामा आएका एमाले निकट युवासंगठनको निशानामा पनि परेका सुवेदीलाई कारवाही गर्न हिडेको टोली आधावाटै वाट फिर्ता गर्न सफल व्यक्ति हुन् सुवेदी । अध्यक्ष ओलीको नजिक सम्बन्ध राख्न सफल उनिमाथी आक्रमण सुईको पाउनको साथ ओलीको निर्देशनमा टोली फिर्ता भएको थियो ।
११. कन्टेनरकाण्डः महाभूकम्प पछिको पहिलोले तातोपानी नाका अवरुद्ध भएपछि नेपाली व्यवसायीको ५ सय वटा कन्टनर फसेको थियो । ती कन्टेटर छुटाउन निकै हारगुहार पछि व्यवसायीहरु सुवेदीको शरणमा पुगे । प्रति कन्टेटर ६ लाख राजस्व तिर्नुपर्नेमा १ लाख मात्र लिएर २ सय वटा कन्टेटर छाडियो । बाँकी कन्टेनरलाई भन्सार फ्रि गरेर भित्राउन सफल भएका सुवेदीले कन्टेटर मालिकवाट मोटो रकम असुलेको कुरा बाहिर आएको थियो ।
१२.मनाव तस्करी धन्दा ः श्रम स्विकृत नै नदिई नेपाली युवा युवतीलाई विदेश पठाउने दलालहरुसँग नजिकै रहेर मोटो रकम असुल्ने गरेको ओरोप पनि सुवेदीलाई लाग्दै आएको छ ।
१३.दश करोडको खेल ःहल सालै मात्र सुवुदीले राजधानिका ४७ वटा भन्दा बढी म्यान पावर ब्याबसाईबाट दश करोड रकम कमिशन मागेका थिए । सो रकम दिन ब्यवसाई सहमत नभए पछि ,उनले हैरानि दिदै आएका छन् ।
यो देशमा कानुनि राज्य छ भने यस्ता भष्टलाई कारबाही किन हुन सक्दैन । यिनका पछाडीका शत्तीकेन्द्रहरु को को कहाबाट परिचालित छन ? भन्ने बुझन जरुरी छ । यि माथिका त चर्चित काण्डहरु मात्र होईन । उनिबाट प्रताडित सेबाग्राही जनताहरुको जनमतसंग्रहनै गर्ने हो भने उनान्सय प्रतिशतले उनलाई भष्ट हो भन्छ तर देशको कानुन अदालत र अख्तियार समेत उसलाई छुन सक्दै ,लाग्दैन विडम्बना भष्टहरुको राज चलेको देशका भष्टहरु निकै ठुलो हाकोडाको गर्दै छन ।

प्रतिक्रियाहरु