डा. केसी पुन अनसन बस्दै

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौं, २७ साउन । डाक्टर गोविन्द केसी आजदेखि पुन आमरण अनसनमा बस्ने भएका छन् । सरकारले माग पूरा नगरेको भन्दै डाक्टर केसी छैठौं पटक आमरण अनसनमा बस्न लागेका हुन । सरकारले माग सम्बोधन गर्ने लिखित सम्झौता गरेपछि पाँचौ अनसन उनले १२ औं दिनमा तोडेका थिए ।
उनले यस पटक ६ बुँदे माग राखेका छन् । डाक्टर केसीले मन्त्रिपरिषद्बाट माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसहित आवश्यक नीति र कानुन निर्माणको प्रक्रिया तत्काल सुरु हुनुपर्ने, प्रतिवेदनले सुझाएको संरचनाअनुसार तत्काल चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयसहित सबै विश्वविद्यालय र प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्दा दलीय भागबण्डा नभई वरिष्ठता र कार्यदक्षताका आधारमा नियुक्त गर्न तत्काल उच्चस्तरीय आयोग गठन गरी प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग पनि उनले राखेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु