शिक्षकलाइ स्थायी अध्यापन अनुमतिपत्र दिइने

२०७२ श्रावण २६ गते, मंगलवार

काठमाडौँ, साउन २६ गते । अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकहरुलाई स्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिने भएको छ ।शिक्षक सेवा आयोगले २०६८ सालमा अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकहरुलाई स्थायी अध्यापन अनुमतिपत्र दिने निर्णय गरेको छ ।
आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले स्नातकोत्तर गरेका शिक्षकहरुलाई लिखित परीक्षाका आधारमा अस्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिएको बताउँदै त्यस्ता शिक्षकहरुले शिक्षाशास्त्र विषयमा स्नातक वा स्नातकोत्तर तह पूरा गरेको वा अध्यापनसम्बन्धी १० महिने तालिम लिएको भएमा स्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिने जानकारी दिए । पाँच वटा क्षेत्रीय शिक्षा निर्देशनालयले चार वर्षअघि अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरेको थियो । कति शिक्षकलाई अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरिएको थियो भन्ने तथ्याङ्क आयोगसँग छैन । उपसचिव मरहट्टाले त्यस्ता शिक्षकले आगामी भदौ मसान्तभित्र आवेदन दिएमा स्थायी अध्यापन अनुमतिपत्र नै उपलब्ध गराइने जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु