आँखाको रंग हेरौं , व्यक्तित्वको पहिचान गरौं

२०७२ श्रावण २५ गते, सोमबार

काठमाडौँ । आँखाको रंगको आधारमा मानिसको व्यक्तित्वको पहिचान हुन्छ । किन कि आँखा नै त हाम्रो ऐना हुन्छ । कुनै पनि व्यक्तिलाई जान्न, बुझ्नका लागि ऊसँग कुरा गर्नुपर्ने आवश्यकता ठानिन्छ । तर, विशेषज्ञ बताउँछन् कि आँखाको रंग पनि मानिसको बारेमा धेरै कुरा भन्छ । कालो आँखा भएका मानिसहरू रातजस्तै रहस्यमय र अदृश्य हुन्छन् । जब कि मधुरो देख्ने आँखा भएका मानिस धेरै स्वभावका हुन्छन । अध्यात्मको अभ्यास गर्ने मधु कोटियाले मानिसको आँखा कसरी उसलाई चिन्न सहयोगी हुन्छन् भन्नेबारे बताएका छन् ।
१. कालो आँखा ः कालो आँखा भएका मानिसहरू रहस्यमय हुन्छन् । यिनीहरू भरोसा गर्न लाएक हुन्छन्, जसले कुनै पनि राजलाई राज नै राख्न सक्छन् । यिनीहरू जिम्मेवार र वफादार हुन्छन् । जो कर्मठ र आशावादी हुने मानिन्छ ।
२. खैरो आँखा ः खैरो आँखा हुने मानिस आकर्षक हुन्छन् । यिनीहरू आत्मविश्वासी र रचनात्मक हुन्छन् । यिनीहरू खुलेरै बोल्न सक्ने हुँदैनन् । कसैसँ आफ्नो कुरा राख्न उनीहरूलाई गाह्रो पर्छ ।
३. सेतो आँखा ः सेतो आँखा हुनेहरूको हानी र लाभ भइनै रहन्छ । उनीहरू कहिलेकहिले मज्जैले कमाउँछन् भने कहिले त्यही अनुसार नोक्सान हुन्छ । खास कुरा त के छ भने यस्ता मानिसहरूको श्रीमती निकै सुन्दर र भाग्यसाली हुने गर्छन् ।
४. धमिलो आँखा ः धमिलो आँखा यस्तो आँखा हुनेहरू मोज मस्ती र रोमान्समा ध्यान दिन्छन् । यिनीहरूले समय अनुसार चल्न र परिस्थितिअनुसार ढल्न जानेका हुन्छन् । यिनीहरू निकै साहसी हुन्छन् । मानिसहरू उनहिरू प्रति छिट्टै आकर्षित हुन्छन् ।
५. हरियो आँखा ः हरियो आँखा हुने मानछे बुद्धिमान, उत्साहित र जवन्त हुन्छन् । उनीहरू हरेक काम जोसका साथ गर्छन् । यस्ता मानिस निकै इष्यालु पनि हुन्छन् ।
६. निलो आँखा ः निलो आँखा भएकाहरू निकै ते दिमाग, शान्त र सम्बन्धमा विश्वा राख्ने खालका हुन्छन् । यिनीहरू दयालु हुनछन् र सबै कुरामा विश्वास गर्ने मूर्ख पनि हुन्छन् ।
७. रातो आँखा ः यस्ता आँखा भएका मानिसहरू रिसाह स्वभावका हुन्छन् । उनीहरू धर्यवान हुँदैनन् । तर, भविष्यमा यस्ता मानिसहरू उच्च पदमा पुग्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु