महिलामा थाइराइडको समस्या बढ्दो

२०७२ श्रावण २४ गते, आईतवार

काठमाडाँै । असन्तुलित खानपान र समयमै स्वास्थ्य जाँच नगराउने गर्दा थाइराइड रोगका बिरामी बढ्दै गएका छन् । पुरुषको तुलनामा महिलामा यो रोग बढी पाईएको डाक्टरले बताएका छन् । स्त्रीरोग विशेषज्ञ डाक्टर मनोरदिन सैयदका अनुसार धेरैजसो महिलाले महनावारी र गर्भ रोक्न जथाभावी रुपमा अस्थाई चक्की खाने गरेकाले पनि थाइराइडको समस्या बढी पाइएको हो ।
हात खुट्टा काम्नु, थकान महसुस हुनु, वाकवाकी लाग्नु, घाँटी दुख्नु, आवाज धोत्रो हुन, शरीरले तातोचिसो सहन नसक्नु, तौल कम हुँदै जानु, जोर्नी दुख्नु, महिनावारी गडबढ हुनु जस्ता थाइराइडका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ उपचारका लागि जानुपर्ने डाक्टरहरू बताउँछन् ।
थाइराइडको हर्माेनले शरीरको सबै अंगसँग सम्बन्ध राख्ने भएकाले हेलचेक्¥याईं गर्न नहुनेमा डाक्टर सैयदको सुझाव छ । उनका अनुसार थाइराइड भए श्वासप्रवास, मुटुको धड्कन, नसा, मांसपेशी र दिमागमा समेत असर पर्छ । गर्भावस्थामा झन थाइराइड भयो भने आमा र बच्चा दुवैलाई खतरा हुने भएकाले हेलचेक्¥याईं नगर्न उनको आग्रह छ । थाइराइड रोग डाक्टरको निगरानीमा नियमित औषधि खाए निको हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु