महागंगा आरती हेर्न पर्यटकको ओइरो

२०७२ श्रावण २३ गते, शनिबार

काठमाडौ, २३ साउन । ऐतिहासिक एवम् धार्मिक नगरी जनकपुरधामको गंगा सागरमा सञ्चालित महागंगा आरती पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । सेभ हिस्टोरिकल जनकपुरले एक वर्षअघि ‘स्वच्छ जनकपुर, सुन्दर जनकपुर’ भन्ने नारासहित सुरु गरेको महागंगा आरती हेर्नका लागि बेलुका गंगा सागरमा देशी–विदेशी पर्यटकको घुईंचो लाग्ने गरेको छ ।
भारत बनारसका पूजारीहरुको प्रशिक्षणमा शुभारम्भ भएको गंगा आरती बनारसको गंगा घाट, हरिद्वारा र ऋषिकेशको गंगा नदीको किनारमा हुने गंगा आरती जस्तै रहेको पर्यटकहरु बताउँछन् ।
गंगा आरती प्रत्येक दिन सन्ध्याकालीन ४५ मिनेट हुने गरेको छ । महागंगा आरती शुरु भएपछि जनकपुरमा सरसफाई तथा स्वच्छता अभियानले गर्दा गंगा सागर मात्र होइन, जनकपुरको प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, धनुष सागर, अंगराज सरसहित थुप्रै धार्मिक महत्वका स्थल सरसफाई गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु