विपी राजमार्ग हस्तान्त्रण गरिँदै

२०७२ असार १८ गते, शुक्रबार

काठमाडौ, १८ असार । जापानले विपी राजमार्ग आज नेपाल सरकारलाई हस्तान्त्रण गर्ने भएको छ । निर्माण सुरु भएको १७ वर्षपछि १ सय ६० किलोमिटर लामो राजमार्ग सञ्चालनमा केही समय अघि नै आइसके पनि जापान सरकारका तर्फबाट आज हस्तान्त्रण हुन लागेको हो । जापान सरकरको सहयोगमा निर्माणाधिन राजमार्ग अनौपचारीक रुपमा सञ्चालनमा आएसँगै पूर्वी नेपालको तराईका जिल्ला छोटो दुरीमा राजधानी काठमाडौसँग जोडिएका छन ।
सिन्धुलीको दुम्जास्थित साँदीमा सडक निर्माण कार्य पुरा भएपछि आजबाट औपचारिक कार्यक्रम गरी गाडी गुडाउन सुरु गरिएको बर्दिबास–सिन्धुली–धुलीखेल सडक आयोजनाले जनाएको छ ।
राजमार्गले पूर्वी नेपालका जिल्लाहरु ओखलढुंगा, खोटाङ, सोलुखुम्बु तथा उदयपुरका केही क्षेत्र जान छोटो दुरी बनाउनका साथै महोत्तरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेको छ ।

प्रतिक्रियाहरु