वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुदै

२०७२ असार १७ गते, बिहीबार

काठमाडौ, १७ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संघको नेतृत्व हत्याउन राजनीतिक तथा गैरराजनीतिक समूम चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेको समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेको छ भने गैरराजनीतिक समूह विशुद्ध ब्यवसायीको समूहको रुपमा प्रतिष्पर्धामा उत्रिएको छ ।संघको पछिल्लो नेतृत्व दुई राजनीतिक दलको चेपुवामा परी समानान्तर समूह नै बनाएर संगठन चलाएको राजनीतिक समूहभन्दा गैरराजनीतिक समूहको माहौल बनेको एक ब्यवसायीले बताए । पछिल्लो नेतृत्वको विवाद हद दर्जा नै नाघेर विवाद अदालत सम्म नै पुगेको थियो ।
दुई हप्ता अगाडिबाटै जमघट र भेटघाटका कार्यक्रमले तिब्रता पाएको व्यवसायीहरुको चुनावी माहोल विहीबार बेलुकाबाट सकिनेछ ।संघ निर्वाचनमा नेतृत्वको लडाइमा कांग्रेस निकट लोकतान्त्रिक फोरमबाट विमल ढकालको समूह, एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार मञ्चबाट सरोज पोखरेल र स्वतन्त्ररुपमा विशुद्ध व्यवसायीहरुको समूहबाट किरण किशोर घिमिरे प्रतिष्पर्धामा छन् ।
आ-आफ्ना पक्षमा व्यवसायीहरुलाई तान्न यी तीनै समूहले केही हप्ता अगाडिबाटै सम्पर्क कार्यालय नै स्थापना गरी चुनावी अभियानलाई तीब्रता दिएका थिए ।
यी तीन समूहले आ-आफैको पक्षमा विजय निश्चित भएको बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब

२०८१ जेष्ठ ११ गते, शुक्रबार

नेप्से १५.५४ अंकले बढ्यो

२०८१ जेष्ठ ९ गते, बुधबार