यस्तो पो सजाय !

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौँ । आफ्नै गर्लफ्रेण्डलाई ढाँटेबापत एकजना युवकले नसोँचेको मूल्य चुकाउनु परेको छ । ‘तिम्रो घरको कुकुर वासिङ मेसिन भित्र छि¥यो’ भनेर आफ्नै गर्लफ्रेण्डसँग मजाक गर्ने एक युवकलाई उनकै गर्लफ्रेण्डले नांगेझार पारेर कुर्सीमा टाँसी दिएकी छिन् । गर्लफ्रेण्डको कुकुर वासिङ मेसिनमा छिराइदिएको भन्दै एक भिडियो समेत बनाएर मजाक गरेका इरिक मेल्डिकको भिडियो इन्टरनेटमा भाइरल नै बनेको थियो । आफ्नै प्रेमीले यस्तो मजाक गरेपछि रिसले चूर भएकी डोमिनिका पेट्रिनोभाले कडा तरिकाले साटो फेरिन् ।
लुगा धुने क्रममा आपूmले झुक्किएर कुकुलाई समेत वासिङ मेसिनभित्र हालिदिएको भनेर इरिकले भनेपछि डोमिनिका भक्कानो छाडेर रोइन् । तर पछि इरिकले आपूmले केवल जोक गरेको र कुकुरलाई वासिङ मेसिनमा हालेको कुरा झुटो रहेको बताए ।
प्यारो कुकुर म¥यो भनेर मजाक गर्ने प्रेमीसँग उनको रिसको सीमा रहेन । उनले राम्रैसँग बदला लिने निधो गरिन् । अघिल्लो दिन जन्मदिन मनाएको ब्वायफ्रेण्डलाई विशेष ट्रिट दिने भन्दै उनले सर्वांग नांगो गराइन् र आँखामा पट्टि बाँधिदिइन् । अनि एउटा कोठाभित्र लगिन्, जहाँ एउटा प्लास्टिकको कुर्सीमा बस्ने ठाउँमा लपक्कै सुपर ग्लू टाँसेकी थिइन् ।
त्यसपछि उनले इरिकलाई उक्त कुर्सीमा बसाइन् । आँखा खोलेपछि केही बेरमा मात्र इरिकले आफ्नो गुप्तांग तथा नितम्ब केहीमा टाँसिएजस्तो अनुभव गरे । उनले उठ्ने प्रयास गरे तर सकेनन् । अर्को कोठामा प्रेमिका हाँसिरहेको सुनेपछि मात्र उनलाई आपूmलाई फसाएको हेक्का भयो । उनको अनुहार रातो पिरो भयो । उनी चिच्याउन थाले । मलाई जिस्काएकी हौ ? भनेर चिच्याउँदै कुर्सीबाट पूत्किने कोसिस गरे । बल्लतल्ल नितम्बको छाला तथा भुत्ला खुइल्याउँदै उनी पूत्किन सफल भए । जोक गर्नुको पनि हद हुन्छ । आफ्नो कुकुरलाई वासिङ मेसिनमा हालेर मारेँ भनेपछि आपूले सहन नसकेको र त्यसको मज्जाले बदला लिएको डोमोनिका बताउँछिन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु