४ वर्षकी वालिकाले मारिन् ४०० मानिस

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौं, ५ बैशाख । सिरिया र इराकमा इस्लामिक स्टेटका लडाकुले ताण्डम मच्चाइरहेका छन् । त्यहाँ महिलाहरु समेत लडाकुहरु विरुद्ध लडिरहेका छन् । त्यहाँ युद्धरत महिलाहरुको संसारभरी चर्चा हुने गरेको छ ।तर पछिल्लो पटक सार्वजनिक भएको एक भिडियोले भने संसारलाई चकित पारेको छ ।
केवल ४ वर्षकी कुर्दिश समुदायकी बालिकाले मेसिन गनले लडाकुमाथि आक्रमण गरेको यो भिडियो भाइरल बनेको छ । लाइभलिकको रिपोर्टलाई मान्ने हो भने यो भिडियोमा देखिने वालिकाले अहिले सम्म ४०० लडाकुलाई मार्न सफल भैसकेकी छिन् । यो भिडियो वाईपीजीको तर्फबाट पोष्ट गरिएको छ । भिडियोमा वालिकाले मरुभूमिमा गोली चलाइरहेको देखिन्छ । यो भिडियोमा उनले किल भन्ने शब्द सुनेपछि गोली चलाएको देखिन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु