दुवै खुट्टा नभएर के भो ?

२०७१ चैत्र २९ गते, आईतवार

काठमाडौँ । चीनको युनान प्रान्त निवासी कियान होंगयानको बुलन्द हौसला एउटा यस्तो जिउँदो जाग्दो उदाहरण हो जसबाट धेरैले सिक्न सक्छन् । उनको दुवै खुट्टा छैन । उनी सानी छिन् तैपनि उनले आफ्नो अपांगतालाई पराजित गरेर देखाएकी छन् ।
सन् २००० मा कियान दुर्घटनामा परेकी थिइन् । त्यतिबेला उनी मात्र चार वर्षकी थिइन् । उक्त दुर्घटनामा कियानले दुवै खुट्टा गुमाइन् । उनको सपना एक सफल बास्केटबल प्लेयर बन्ने थियो । तर खुट्टा काटिएपछि यो सम्भव थिएन । तर उनले हार मानिनन् । यसो गर्नु सम्भव थिएन तर कियानलाई यो असम्भव पनि लागिरहेको थिएन । बास्केटबल खेलाडी बन्न कियानले दिनरात मेहनत गरिन । उनले आफ्नो दुवै खुट्टा नभएको कुरालाई सम्झँदै तयारी सुरु गरिन । कियानले आफ्नो हातैले बास्केटबल खेल्न सुरु गरिन । कियान हातले बल चलाएरै बास्केटबल खेल्छिन् । उनको यो उपलव्धीलाई चिनियाँ सञ्चारमाध्यमले प्रसिद्ध बनाइदिएका छन् । उनी अब चीनमा अपांगता पीडितका लागि खोलिएको पहिलो प्लेइङ फेडेरेशनको स्वीमिङ क्लब ज्वाइन गर्ने पहिलो प्रतियोगी बनेकी छन् । उनी चीनमा एउटा सेलिब्रेटीका रुपमा परिचित छिन् । कियानको उमेर अहिले २० वर्षको भएको छ । उनी विश्वस्तरीय स्वीमर पनि हुन् ।
कियान चीनमा बास्केटबल गर्लका रुपमा लोकप्रिय छिन् । उनी बेइजिङ गइन जहाँ चीन रिहैबिलिटेशन रिसर्च सेन्टरले फ्रिमा उपचार गर्दै प्रोस्थेटिक खुट्टा लगाइदियो । एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु