बिरालोको वार्षिक कमाइ ३० करोड डलर !

२०७१ चैत्र २८ गते, शनिबार

काठमाडौँ । धेरैभन्दा धेरै मानिसले आफ्नो जिन्दगीभरि जति कमाउँछन् त्यति एउटा बिरालोले वर्षमा कमाउँछ भन्ने सुन्दा विश्वास नलाग्नसक्छ । हो, वर्षको ३० करोड डलरभन्दा बढी कमाउने यो बिरालो विश्वकै सबैभन्दा धनी बिरालो हो । शायद यति धनी त विश्वका करोडौं मानिस पनि छैनन् होला । जर्मनीको भाग्यमानी यो बिरालोले वर्षको ३० करोड डलरभन्दा बढी कमाउँदै आएको छ । यो सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो । चोपेट लेजरफिल्ड नामक सो बिरालोले गतवर्ष एक टेलिभिजन शोमा काम गरेर झण्डै ३० करोड डलर कमाएको बताइएको छ । यससँगै यो बिरालो विश्वमा अधिक लोकप्रियसमेत बन्न सफल भएको बताइएको छ । यो भाग्यमानी बिरालोको सेवा गर्नका लागि मात्र दुईजना महिला कर्मचारी खटाइएका छन् । एउटा साधारण मानिसले सोच्न मात्र सक्ने विलासी जीवन जिउँछ यो बिरालो । देशभित्र होस् वा विदेशमा घुम्न जाँदा यो बिरालो आफ्नै निजी विमानमा घुम्छ । तीन वर्षको यो बिरालो लोकप्रिय बन्नुमा अर्को एउटा प्रमुख पक्ष के हो भने यो विश्वप्रसिद्ध जर्मन फेशन डिजाइनर कार्ल लेजरफिल्डको बिरालो हो । यो बिरालो सदैव लेजरफिल्डकै साथमा हुन्छ । बिरालोको आफ्नै ट्विटर र इन्स्टाग्राम एकाउण्टसमेत रहेको छ ।
यो बिरालोले जापानी ब्युटी प्रडक्ट तथा जर्मन कारको विज्ञापनमा खेलेको छ । बिरालोका ८१ वर्षीय मालिक कार्ल लेजरफिल्डले आफ्नो बिरालोलाई खानेकुराको विज्ञापनमा भने नखेलाउने एक अन्तरवार्ताका क्रममा बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु