हातखुट्टा नभएर के भो ?

२०७१ चैत्र १५ गते, आईतवार

काठमाडौँ । दुई संस्थाका प्रमुख ३१ वर्षीय निक भुजिकिकको दुवै हात र दुवै खुट्टा छैन । तैपनि जन्मैदेखि यो विकलांगतासँग झुझेका निकसँग हौसलाको कुनै कमी छैन । संसारभर मोटिभेशनल स्पीकरका रूपमा चर्चित निकको जीवन कहानी उदाहरण बनेको छ, जो लाखौं मानिसलार्र्ई जीवनमा अघि बढ्न प्रेरणा दिने गर्दछ । दश वर्षकै उमेरमा आत्महत्याको प्रयास गरेका निकले सफलताको प्रेरणापुञ्ज खोजी गरेरै छाडे जो आम मानिसहरूमा पाइँदैन । निकको जन्म अस्ट्रेलियाको मेलबर्नमा भएको हो । जन्मैदेखि न त उनको हात थियो न त खुट्टा नै । यस्ता बालकको जन्म भएपछि आमाबाबु मात्र होइन, डाक्टरहरू पनि आश्चर्यमा परेका थिए । किनभने मेडिकल साइन्ससँग यसको कुनै उत्तर थिएन ।
बीबीसीका कैपिटलसँग कुरा गर्दै निकले भने–अहिलेसम्म पत्ता लाग्न सकेको छैन कि मलार्र्ई किन यस्तो भयो । पछि थाहा भयो कि निक टेट्रा–एमेलिया सिन्ड्रोम नामको एउटा दुर्लभ प्रकारको जन्मजात विरामीको शिकार बनेका थिए । यद्यपि बायाँतर्फ सानो खुट्टा भएका कारण उनलार्र्ई बस्न र सन्तुलनमा रहन सहयोग पुग्यो । तर, दैनिक कामकाजका लागि सबै कठिनाइ छँदै थियो । ब्रश गर्नदेखि शौचालय जानसम्म समस्या । उनी हौसलाका साथ यो सबै समस्यासँग जुझिरहे । त्यसैले उनको परिश्रमले रंग ल्यायो । अहिले उनी कुनै पनि आम मानिसजस्तै टाइप गर्न सक्छन् । आफ्नो औलाको बिच सामान फसाउँछन्, बललार्र्ई किक हान्न सक्छन् ।
त्यति मात्र होइन उनी दैनिक रूपमा पौडी खेल्छन् । पानीको सतहमा सर्फिङ्ग गर्छन् र स्काई डाइभिङ गरेर रोमाञ्चक रमाइलो पनि लिन्छन् । पौडीका बारेमा निक भन्छन्– यसबाट मलार्र्ई नयाँ उत्साह प्राप्त हुने गर्दछ । म स्वयमलार्र्ई चुस्त र ताजापन महशुस गर्दछु । तर यो सब यति सहज भने थिएन । एक समय थियो कि उनी डिप्रेसनमा डुबेका थिए । मेलबर्नको जुन स्कुलमा उनी पढ्थे, त्यहाँ सहपाठीहरू उनलार्र्ई हाँसोका पात्र बनाउँथे । यो सबै यति असहनीय थियो कि उनले दश वर्षकै उमेरमा आत्महत्याको प्रयास गरेका थिए । १७ वर्षको उमेरमा उनका हाइस्कुलका सफाई तथा राखनधरन इन्चार्चले उनलार्र्ई निकै प्रेरित गरे कि सार्वजनिक रूपमा ब्याख्यान दिन सल्लाह दिए ।
निकले उनका बारेमा भने– मेरो उनीसँग मित्रता भयो । उनले मलार्र्ई भने– तिमी स्पीकर बन्नुपर्छ । मैले भने–के म बोल्नेछु ? तब उनले भने कि– तिमीले आफ्नो कथा अरुलार्र्ई बताउनुपर्छ । यही सल्लाहले निकको भविष्य परिवर्तन गरिदियो । उनले सकारात्मक व्यवहार अपनाउन सुरु गरे । त्यसयता निकले संसारभरमा कयौ ब्याख्यान दिएका छन् । करिब ५० मुलुकमा विगत १५ वर्षदेखि निकले हजारौ ब्याख्यान दिउका छन् ।
उनले आफ्नो अनुभवमा आधारित पुस्तक ‘मेमायर लभ विदाउट लिमिट्स’ पनि लेखेका छन् । निक हाल लार्ईफ विदाउट लिंब्स र एटीच्युट इज एटीच्युड नामक दुई संस्थाका प्रमुख छन् । यो संस्थाले संसारभर विकलांग व्यक्तिबीच आशा र भरोसा लगाउने काम गर्दछ । विकलांग व्यक्तिका लागि निक एउटा आशाका किरण हुन् । निक भन्छन् कि विकलांग व्यक्तिलार्र्ई व्हील चेयर दिने वा उनका लागि कुनै भवन बनाएर परिर्वत आउन सक्दैन । उनीहरूलार्र्ई भरोसा दिनु आवश्यक छ कि तपार्य केही गर्न सक्नु हुन्छ । निक भन्छन्– जब अन्य मानिस आफ्नो सपना पूरा गर्न सक्छन् तब हामीले पनि कोशिस गर्नु आवश्यक छ । म आफ्नो तर्फबाट पूरै कोशिस गर्छु, हामीले अवश्य कोशिस गर्नुपर्छ ।
निक विकलांग व्यक्तिहरूसँग अपिल गर्छन्– कहिले पनि कोशिस गर्नदेखि डराउनु हुन्न । असफलतादेखि डराउनु हुन्न । र कुनै कुराका लागि हिच्किचाहट पनि गर्नु हुन्न । कुनै कुराका लागि लाज मान्न पनि हुन्न । निक अहिले अमेरिकाको लस एञ्जल्समा बस्छन् । उनी पत्नी केन र दुई वर्षका छोरा छन् । यही वर्ष उनी दोस्रो सन्तानका बाबु बन्दै छन् । स्पष्ट छ कि जीवनको यात्रामा सबै प्रकारका समस्याहरूका बावजुद निक न कतै रोकिए त उनलार्र्ई कसैले रोक्न नै सक्यो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु