आज चैते दशैं

२०७१ चैत्र १३ गते, शुक्रबार

काठमाडौ, १३ चैत । आज चैते दशैं हिन्दु धर्मावलम्बीहरु दुर्गा भवानीको पूजा आराधना गरी मनाउँदै छन् । असोजमा मनाइने बडादशैं भन्दा कम महत्वको मानिए पनि आजका दिन देवीका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको धर्मशास्त्रहरुमा उल्लेख छ । आज काठमाडौमा दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानलगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
अष्टमीकै अवसरमा बैतडीका विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ । बैतडीको प्रसिद्ध निंलाशैनी, लगायतका ठाउँमा रहेका भगवतिको मन्दीरमा वली चढाइने गरिन्छ । वोका र रांगाकोवलि चढाइने यस पर्वमा सहभागिता जनाउन बैतडी, दार्चुला, डडेलधुरा छिमेकि राष्ट भारतको पिथौारागढबाट पनि दर्शनार्थीहरुको घुइचो लागेको छ ।
वर्षको ४ पटक मेला लाग्ने यस मन्दीरमा आज अष्टमिका दिन पनि सो मन्दिरमा मेला लाग्ने गर्दछ मेलालाई व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयले विशेष सतर्कता अपनाएको प्रहरीले जनाएको छ । मेलामा मदिरा सेवन तथा जुवातास खेल्न पनि प्रतिवन्ध लगाएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रियाहरु