यस्तो पो ध्यान !

२०७१ चैत्र ७ गते, शनिबार

काठमाडौँ । थाइल्याण्डलार्ई बौद्ध भिक्षुहरुको देश पनि भन्ने गरिन्छ । यहाँ यस्ता भिक्षु पनि छन्, जो ध्यानका क्रममा चमत्कारिक शक्ति प्रदर्शन गर्दछन् । अब नान्ग बुआ लाम्पूm प्रान्तका केही भिक्षुको भिडियो सार्वजनिक भएको छ, जसमा उनी तेलको कराहीमा ध्यान मुद्रामा बसेका छन् । कराहीको तल आगो बलिरहेको छ, जसको उनमा कुनै असर परेको छैन । ध्यान मुद्राका क्रममा यी भिक्षु आफ्नो तेलमा डुबाएर फलोअर्सको वस्तु छुने गर्दछन् । यसो गर्दा उक्त वस्तु बढी प्रभावशाली हुने विश्वास गरिन्छ । त्यसमा चमत्कारिक शक्ति हुने गर्दछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु यो प्रदर्शनप्रति एकमत छैनन् । कसैले यसलार्ई ध्यानको शक्ति बताएका छन् भने कसैले यसलार्ई फलोहर्सका साथ धोका भनेका छन् ।
बैंककस्थित चुलालान्गकोर्न युनिभर्सिटीका साइन्स इन्स्ट्रक्टर जसादाले भने–यसको कुनै प्रमाण छैन कि जसबाट तेल वास्तवमै उम्लिएको होस् । कराहीको मुनि आगो अवश्य छ, तर तेलसम्म पुगिरहेको छैन । यसको अर्थ यो दिखावा र धोका हो । उनका अनुसार तेलमा कुनै रसायन हुन सक्छ । जुन बाहिरी गर्मीलार्ई भित्रसम्म पुग्न दिँदैन । यस्तो चमत्कार देखाउने तरिका हुन सक्छ । जेसादाले नै भने कि स २०१२ मा उनले उम्लिदै गरेको तेल छोएर हेरेका थिए । त्यतिबेला सबै आश्चर्यमा परेका थिए । किनभने तेलको पात्रमा उनीहरुले पहिला नै पानी हालेका थिए । यसबाट आगोको ताप पानीसँग मिल्दैन र तेल ठान्डा नै रहन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु