यस्ती पो आमा

२०७१ चैत्र ६ गते, शुक्रबार

काठमाडौँ । इजिप्टकी सिजा अबु दाओ आफ्नो श्रीमानको मृत्युपछि छोरीको पालनपोषण गरेर हुर्काउन ४३ वर्षसम्म पुरुष बनेर काम गरिरहिन् ।
अहिले इजिप्टको लक्सर प्रान्त सरकारले उनलाई ‘आदर्श आमा’ को सम्मान दिएको छ। सिजा ६४ वर्षकी भइन् । उनका संघर्षको श्रीगणेश विवाह भएको केही समयबाटै भएको थियो । जब उनका श्रीमानको मृत्यु भयो त्यतिबेला उनी गर्भवती थिइन् । छोरी जन्मिएपछि उनको जीवनमा रोजीरोटीको संकट सुरु भयो ।
किनभने इजिप्टमा महिलाहरुलाई काम गर्न प्रतिबन्धित थियो । तब उनले भोकै मर्नुको विकल्प निकालिन् । छोरी हाउदाको पालनपोषणका लागि उनी पुरुषको भेषमा काम गर्न लागिन् ।
उनले इँटा बनाउनेदेखि जुत्ता पालिस गर्नेसम्मका सबै काम गरिन् । कयौ वर्षसम्म संघर्षपछि अबुले छोरी विवाह गराइन् । तैपनि संकटले उनलाई पिछा गर्न छोडेन । ज्वाई रोगी भएकाले उनले काम जारी राख्न पर्ने भयो । घरको एक मात्र कमाउने सदस्य भएका कारण उनी अहिले पनि काम गर्छिन् । उनकी छोरी भन्छिन्–स्टेशनका बुट पालिस गर्नका लागि उहाँ बिहान ६ बजे नै उठ्नुहुन्छ ।
अबुले भनिन्–पुरुषको नकरात्मक दृष्टिबाट बच्न मैले पुरुषको भेषमा काम गर्ने निर्णय गरेँ । मैले उनीहरुकै जस्तो कपडा लगाएँ र फेरि त्यस्ता गाउँमा काम गरे जहाँ मलाई कसैले चिन्दैन थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु