ताप्लेजुङ सदरमुकाममा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौ, ३ चैत । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा वी.पी चिन्तन प्रतिष्ठानको व्यवस्थापन र आयोजना, वी.पी मेमोरियल हेल्थ फाउण्डेशन र नोबल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुदैछ । हिजबाट शुरु भएको स्वास्थ्य शिविर आजसम्म चल्ने आयोजक वी.पी. चिन्तन प्रतिष्ठान जिल्ला शाखा ताप्लेजुङले जनाएको छ ।
शिविरको पहिलो दिन अर्थात हिजो करिब ५०० भन्दा बढीले स्वास्थ्यलाभ लिईसकेका छन् भने झन्डै पन्ध्र सयको संख्यामा नाम दर्ता गर्ने सेवाग्राहीलाई आजसम्ममा सेवा प्रदान गरिसक्ने वी.पी. चिन्तन प्रतिष्ठान जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष डी.बी. राईले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु