सुटिङका क्रममा दुई हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ, २६ फागुन । टेलिभिजनको कार्यक्रम सुटिङका क्रममा उत्तरपश्चिम अर्जेन्टिनामा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
त्यहाँका अधिकारीहरुले दुई हेलिकप्टर आपसमा जुधेर दुर्घटना भएको आशंका गरेका छन् । स्थानीय सन्चारमाध्यमले ती हेलिकप्टरमा फ्रान्सका यात्रुहरु रहेको बताएको छ । दुबै हेलिकप्टरका पाइलटको समेत मृत्यु भएको बताइएको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट ११ सय ७० किलोमिटर टाढको भिला क्यास्टेली सहरमा एउटा बहुचर्चित टेलिभिजन रियालिटी शोको छायांकनका क्रममा दुर्घटना भएको हो ।विश्वभर चर्चित ‘इन्टरनेसनल इन्डुरेन्स एन्ड सर्भाइभल कम्पिटीसन’मा सहभागी टोलीको छायांकन चलिरहँदा भएको दुर्घटनाबारे अर्जेन्टाइनी सुरक्षा अधिकारीहरुले छानबिन सुरु गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु