आज नेशनल ट्रेडिङले ग्यास नबाड़ने

२०७१ माघ १३ गते, मंगलवार

काठमाडौ, १३ माघ । उपभोक्ताको मागअनुसार ग्यास आपूर्ति गर्न नसकिएपछि नेश्नल ट्रेडिङ लिमिटेडले ग्यास बिक्रीवितरण गर्न रोकेको छ ।राजधानी लगायत देशभरमा ग्यासको अभाव भइरहेका बेला काठमाडौको टेकुस्थित आफ्नै कार्यालयबाट आइतबार र सोबार नेश्नल टे«डिङले ग्यास बिक्रीवितरण गरेको थियो । उपभोक्ताको अत्यधिक माग रहेको र माग अनुसार ग्यास कम्पनीले ग्यास सिलिण्डर उपलब्ध गराउन नसकेपछि अर्को सूचना नभएसम्मका लागि बिक्रीवितरण स्थागित गरिएको लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले जानकारी दिनुभयो ।
मेहताका अनुसार आज सबै ग्यास कम्पनीसँग छलफल गरी पर्याप्त ग्यास सङ्कलन गरेपछि चाँडै वितरण गरिनेछ । दुई दिनमा गरी नेश्नल ट्रेडिङले चार हजार ३ सय ग्यास सिलिण्डर वितरण गरेको छ । अस्ति २८ र हिजो २० वटा ग्यास कम्पनीले ग्यास बिक्रीवितरण गरेका थिए ।

प्रतिक्रियाहरु