१० लाखपर्ने मोबाइल !

२०७१ असार २१ गते, शनिबार


काठमाडौँ । एउटा स्मार्टफोनको मूल्य १० हजार ८ सय अमेरिकी डलर अर्थात् झण्डै १० लाख नेपाली रुपैयाँ मूल्य पर्ने स्मार्टफोन बजारमा आएको छ । भर्चु सिग्नेचर टच नामको उक्त स्मार्टफोन एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्छ । गरीबको अपरेटिङ सिस्टम भनेर एन्ड्रोइड चिनिए पनि यो लखपतिवाला मोबाइल फोनमा समेत एन्ड्रोइडले बास गर्ने मौका पाएको छ । बेलायतको भर्चु कम्पनीले बनाएको यो एन्ड्रोइड फोनमा विभिन्न फिचर्स तथा सेवा छन् । नकोरिने खालको अर्थात् स्त्रयाच प्रुफ स्त्रिन रहेको यो मोबाइलको स्त्रिmन ४.७ इन्चको रहेको छ २.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर, २ जिबीको र्याम तथा ६४ जिबीको इन्र्टर्रनल मेमोरी रहेको छ । यो फोनमा १३ मेगापिक्सेलको क्यामरा रहेको छ । रोचक पक्ष के छ भने यो फोनका धेरै पार्टस्हरु हस्तनिर्मित हुन् अझ एकै व्यक्तिले बनाएका, त्यो बनाउने व्यक्तिको नाम सिमकार्ड राख्ने ठाउँनेरै उल्लेख गरिएको छ । त्यसैले पनि होला मेसिनले बनाउनेभन्दा यसको मूल्य चर्को भएको । फोन सेटको ढाँचा पनि उस्तै सुन्दर छ, चिल्लो नभएर खस्रो छ तथा यसको साइडमा टाइटानियमको लेपन छ । टाइटानियम मात्र होइन, यो फोन प्रयोगकर्ताले गाइको छाला, छेपाराको छाला तथा गोहीको छालायुक्त मोबाइल समेत प्राप्त गर्न सक्छन् जुन आफ्ना अन्य परिधानसँग मिलोस् । यो फोनको माथिल्लो दायाँपट्टी बहुमूल्य पत्थर रुवीको एक बटन छ जसले फोन अन अफ गर्ने काम गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु