लुक्लामा उडान अबरुद्ध

२०७१ बैशाख २५ गते, बिहीबार


काठमाडौ, २५ वैशाख ।वैशाख ५ गते हिमपहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरु लुक्लामा पुन रोकिएका छन् ।
मौसम खराबीका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरु लुक्लामा रोकिएका हुन् । एकातिर आरोहण त्याग्नु परेको चोट अर्कातिर मौसमका कारण लुक्लाबाट उडान नहुँदा पर्यटकहरु समस्यामाथि समस्यामा परेका हुन् ।
अहिले सगरमाथाबाट फर्केका थुप्रै पर्यटक मौसम सुधार भएर फर्कने आशामा लुक्लामा बसिरहेका छन् । केहीलाई हेलिकोप्टरले काठमाडौँ लगेको भए पनि हेलिकोप्टरसमेत राम्रोसँग सञ्चालन हुन नसक्दा थुप्रै पर्यटक लुक्लामा रोकिएका छन् ।
तारा एयरलाइन्स लुक्लाका स्टेसन इन्चार्ज फुनुरु शेर्पाका अनुसार लगातार उडान प्रभावित हुँदा सयाँै यात्रु लुक्लामा जहाजको प्रतीक्षामा बसेका छन् । ‘यति सङ्ख्यामा भन्ने यकिन नभए पनि सगरमाथा आधार शिविरबाट आएका थुप्रै पर्यटक रोकिएका छन्, दैनिक विमानस्थल आएर मौसम खुल्ने आशामा हुन्छन् तर मौसममा सुधार भएको छैन’ शेपाले भने ।सीता एयरलाइन्स, सिम्रिक, नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले तय गरेका सम्पूर्ण उडान पाँच दिनदेखि प्रभावित भएको इन्चार्ज शेर्पाले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु