दुर्गन्धित बन्दै तारे होटलहरु

२०७१ बैशाख २३ गते, मंगलवार


काठमाडौं, २३ बैशाख। काठमाडौं महानगरपालिकाले स्थानीय निकायलाई बुझाउनुपर्ने कर नतिरेपछि दर्जन तारे होटलबाट पाँच दिनदेखि फोहोर उठाएको छैन् । होटहरुमा हजारौं किलोग्राम फोहोर थुपि्रँदा दुर्गन्ध फैलिन थालेको छ । काठमाडौं महानगरपालिकाले कर नतिरेर कारबाही गरेको होटलका सञ्चालकहरु भने हिजो प्रधानमन्त्री कार्यालयमा डेलिगेसन गएर कर छुट र फोहोर उठाउन आग्रह गरेका छन् ।
फोहोर नउठ्दा एकै होटलमा एक गाडीभन्दा बढी फोहोर थुपि्रसकेको छ । हजार किलोग्रामभन्दा बढी फोहोर होटल प्राङगढमै थुपि्रँदा दर्जनौ तारे होटलहरु दुर्गन्धित बनेका छन् । फोहोर बढ्दै जाँदा यसबाट भयाबह स्थिति सिर्जना हुन लागेको होटल व्यवसायीले जानकारी दिएको आर्थिक दैनिकमा खबर छ ।
महानगरभित्रको फोहोरको व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले आफूलाई घरजग्गा कर, व्यवसाय कर, बहाल कर, विज्ञापन कर नतिरेको भन्दै गत बैशाख १८ गतेदेखि फोहोर उठाउन बन्द गरेपछि होटलहरुको फोहोर अलपत्र परेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु