पर्यटन व्यवसायी र प्रहरीबीच झडप

२०७१ बैशाख १७ गते, बुधबार

काठमाडौ,१७ वैशाख । नेपाल पर्यटन बोर्डको भृकुटीमण्डपस्थित कार्यालयमा ताला लाउन पुगेका पर्यटन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।बोडृको मूल गेडमा नारावाजी गर्दै तालाबन्दीका लागि भित्र पस्ने प्रयास भएपछि प्रहरीले धरपकड सुरु गरेको थियो । झडपमा केही वयवसायी सामान्य घाइते भएका छन् ।
ट्रेकिङ एजेन्स एसोसिएसन अफ नेपाल, होटल एसोसिएन नेपाल, नाफ्टा, नेपाल राफ्टिङ एजेन्ट एसोसिएसन सम्वद्ध व्यवसायीहरु तालाबन्दी गर्न पुगेका थिए ।
व्यवसायीका समस्याबारे पर्यटन बोर्ड गम्भीर नभएको भन्दै व्यवसायीहरु बिहानै तालाबन्दी गर्न पुगेका थिए । उनीहरुले बैशाख २१ गतदेखि गर्न लागेको राष्ट्रिय पर्यटन मेला स्थगन गर्नेबारे पनि जानकारी नपाएको भन्दे आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु