पुनहिलमा पर्यटकको र्घुइचो

२०७१ बैशाख १५ गते, सोमबार

काठमाडौँ । पहाडी भूगोलको उच्च स्थान, त्यसमा पनि वसन्त ऋतुसँगै पाखाभरि फुलेका गुराँसे जङ्गल, खुलेको आकाश र पृष्ठभूमिमा दन्तलहरझै हिमशृङ्खलाको मनोरम दृश्यको अवलोकन गर्न म्याग्दीको घार गाविस-१ मा पर्ने पुनहिलमा पर्यटकको घुइँचो लागेको छ । विश्व प्रसिद्ध अन्नपूण्चक्रिय पदमार्ग अर्न्तर्गत समुन्द्रि सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको जङ्गलमा फुलेका लालीगुराँसको रङ्गमा रमाउने पर्यटकको ताँती लागेको हो । दैनिकजसो सयौँको संख्यामा पुनहिल पुगेका पर्यटक प्रफुल्लित हुँदै प्राकृतिक सौर्न्दर्यलाई क्यामेरामा कैद गर्न व्यस्त देखिन्छन् । मुस्ताङको जोमसोम, म्याग्दीको भुरुङ तातोपानी, कास्कीको उल्लेरी, घान्द्रुक लगायतका स्थान हुँदै पदयात्रा गरेर पुनहिलमा पुग्न सकिन्छ । पुनहिलबाट मनास्लुदेखि धौलागिरि रेञ्जमा पर्ने माछापुच्छ्रे, अन्नपूण् नीलगिरि, धौलागिरि, गर्ुजालगायत १६ वटा हिमशृङ्खला, सूर्योदयको साथमा वसन्त ऋतुसँगै फुलेका लालीगुराँसको रङ्गीन दृश्य अवलोकन गर्नसकिन्छ । एकै स्थानबाट धेरै दृश्यको अवलोकन गर्नसकिने तथा पर्यटकीय नगरी पोखरादेखि नजिक पर्ने भएकाले पुनहिल अन्नपूण्पदयात्रामा आउने पर्यटकको मुख्य रोजाइमा पर्ने गरेको गेलेसियर फ्यामिली ट्रेकका पथप्रदर्शन डिलु र्राईले बताए । एकान्त र शान्त वातावरण पनि यो स्थानको विशेषता हो । असोज, कात्तिक, चैत र वैशाख महिना मुख्य पर्यटकीय सिजन मानिन्छ । यो सिजनमा खराब मौसमका कारण सगरमाथा क्षेत्रका पर्यटक पनि अन्नपूणापदमार्गमा आएकाले पर्यटकको चाप उच्च रहेको घारेपानी होटल व्यवसायी समितिका अध्यक्ष डमबहादुर पुनले बताए । पछिल्लो समय घोरेपानी पुनहिल क्षेत्रमा चीन, कोरिया, मलेसियालगायत एसियाली मुलुकका पर्यटकको आगमन बढ्दै गएको घोरेपानी होटल व्यवसायी समितिका उपाध्यक्ष टेकसर बुद्धुजा पुनले बताए । इलाका प्रहरी कार्यालय घोरेपानीका अनुसार दैनिक न्यूनतम ६०० जना आन्तरिक तथा बाहृय पर्यटक घोरेपानी भित्रने गरेका छन् । वि.सं. २०७० मा २७ हजार ५०० जना विदेशी पर्यटकले घोरेपानी, पुनहिल क्षेत्रको भ्रमण गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु