पर्यटनका परजिवीहरु सलबलाउदै

२०७१ बैशाख १३ गते, शनिबार

काठमाडौँ । देश बिदेशमा पर्यटनको प्रचारप्रसार र पर््रवर्द्धन गर्ने निकाय नेपाल पर्यटन बोर्डले आगामी बैशाख १९ गतेदेखि २१ गतेसम्म राजधानीको भृकुटीमण्डपमा छैठौं राष्ट्रिय पर्यटन मेलाको आयोजनाको तयारी गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनको विकास गर्ने भन्दै सुरु गर्नलागेको छैटौं पर्यटन मेलाको पर्यटन व्यवसायीहरुबाटै विरोध सुरु भएको छ । पर्यटन बोर्डले आफूहरुसँग कुनै सहकार्य नगरेको र मनोमानी गरेको भन्दै छैटौं राष्ट्रिय पर्यटन मेला स्थगित गर्न पर्यटन क्षेत्रमा सक्रिय परजीवीहरु एकजुट भएका छन् । ठूलो मास देखाउन टाउको गनेर सुरु भएको विरोधले यतिबेला समग्र पर्यटनक्षेत्रमा नयाँ तरंग पैदा गराएको छ । पर्यटनसँग सम्बन्धित मुख्य निजी क्षेत्र नै सहभागी नभए मेला कस्तो हुन्छ भन्ने चिन्ता पनि उत्तिकै थपिएको छ । तर र्सवसाधारणको आँखामा राष्ट्रिय हितमा देखिएको मेलाको विरोध हुनुको गुहृय कारण पर्यटन बोर्डलाइ आर्थिक रुपमा चुस्नु बाहेक अरु नै केही नभएको प्रस्ट देखिन्छ । नेपाल पर्यटन बोर्डर टेरकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल -टान)बीच टिम्स कार्डको पैसा बाँड्ने पर्ूवसहमति छ । टानसँगको सहमतिमा टेर्रकर्सइन्फरमेशन म्यानेज्मेण्ट सिष्टम -टिम्स) कार्डबाट प्राप्त हुने कुल आम्दानीमध्ये तीन भागको एक/एक भाग पर्यटन बोर्डर टानले बाँडने सहमति छ । बाँकी एक भाग संयुक्त रुपमा पर्यटन बोर्डर टानले आन्तरिक पर्यटन प्रवर्द्धनमा खर्च गर्ने सहमति भएको थियो । तर टानले टिम्सको पैसा आन्तरिक पर्यटनमा पनि खर्चनगरेको र पर्यटन बोर्डलाई फिर्ता पनि नदिएको बोर्डको दाबी छ । टानसँग पनि १० करोड ५० लाख रकम मौजुदा बाँकी छ । खर्च नभएको रकम आर्थिक वर्षो अन्तमा पर्यटन बोर्डलाई बुझाउनुपर्नेमा टानले अहिलेसम्म पनि उक्त पैसा बुझाएको छैन । बरु उल्टै उक्त रकम टानलाई नै दिन पटकपटक माग गरिएको छ । टानले लगेको पैसाको विषयमा पर्यटन बोर्डसँग महालेखा परीक्षकको कार्यालय र अख्तियारबाट जानकारी आएपछि रकम माग गरेको थियो पर्यटन बोर्डले, तर पैसा फिर्ता नगरेपछि पर्यटन बोर्डटानलाई कानुनी प्रक्रियामा तान्ने तयारीमा छ । यसैकारण वर्तमान कामु सीइओलाई हटाउन पाए आफूहरुलाई फाइदा हुने भन्दै टानले यो बिरोधको सुरुवात गरेको छ । टानमात्रै होइन पाटा नेपाल च्याप्टरले पनि पैसा नपाएपछि पर्यटन बोर्डको बिरोध सुरु गरेको आरोप लागेको छ । हिमालयन एक्सप्लोर इन्टरनेशनल ट्रेकिङका प्रमुख तथा फिस्टेल एअरका सिइओ सुमन पाण्डे पाटा नेपाल च्याप्टरका अध्यक्ष छन् । उनकै पहलमा पाटाले हिमालयन ट्राभल मार्ट २०१४ सञ्चालन गर्नलागेको थियो । त्यसका लागि प्यासिफिक एशिया ट्राभल एशोसिएसन -पाटा)ले पर्यटन बोर्डसँग ३ करोड रकम सहायता मागेको थियो । तर बोर्ड वैठकले ३ करोड सहायता दिन नसकिने र ३ करोड सहायताको उपलब्धि नहुने भन्दै उक्त रकम दिन नसकिने निर्ण्रगर्यो । निर्ण्रगर्न टिप्पणी उठाउँदा वर्तमान कायम मुकायम सीइओ सुवास निरौलाको हात रहेको भन्दै उनलाई हटाउन पाटाले यसको बिरोध गरेको बुझिएको छ ।
यता नाट्टाले पनि मेलाको बिरोध गर्नमा कमिशनकै खेल रहेको बुझिएको छ । नाट्टाले टिम्स जस्तै पर्यटन सेवा शुल्क ‘टिएसएफ’ बाट प्राप्त हुने आम्दानीको ५ प्रतिशत रकम आफ्नो संस्थालाई दिन माग गरेको थियो । विदेशी पर्यटकहरु नेपालको अन्तर्रर्ााट्रय विमानस्थलबाट बाहिर जाँदा पर्यटन बोर्डले पाउने प्रत्येक १ हजार रुपैयाँको ५ प्रतिशत कमिशन माग गरेको थियो नाट्टाले । पर्यटकको टिकट आफूहरुले काटिदिने भन्दै ५ प्रतिशत रकम दाबी गरेको थियो नाट्टाले । तर टीएसएफको शुल्क ट्राभल एजेन्सीले तिरिदिने नभएर एअरलाइन्सले दिने भन्दै अहिलेसम्म पनि बोर्डले उक्त रकम नाट्टालाई दिन मानिरहेको छैन । अर्को सीइओ भए आफूहरुलाई सहज हुने र ५ प्रतिशत पाउने आशमा नाट्टाले यसको बिरोध गरेको बोर्डस्रोतले दावी गरेको छ । नाट्टाबाट फुटेर बनेको सानो संस्था नाट्टोले पनि टीएसएफको रकममा १० प्रतिशत दाबी गरेको छ । आफूहरुले कसैलाई पनि कमिशन दिन नसक्ने बताएपछि नाट्टो पर्यटन बोर्ड र समग्र मेलाको बिरोध गरिरहेको बोर्डको दावी छ । मेला वा पर्यटन बोर्डको विरोध गर्नमा होटल एशोसिएसन अफ नेपाल हानको पनि आफ्नै इन्ट्रेस्ट छ । पहिले विभिन्न होटलहरुले पर्यटकबाट पर्यटन सेवा शुल्कवापत २ प्रतिशत रकम असुल्ने गरिएको थियो । तर पर्यटकबाट उठाएको पैसा होटलहरुले पर्यटन बोर्डलाई बुझाएका थिएनन । तर नेपाल पर्यटन बोर्डले पछिल्लो समय उक्त रकम असुल गर्न कानुनी प्रक्रियामै गएपछि होटल सञ्चालकहरुले जरिवाना र व्याज छुटको माग गरेका थिए । तर पर्यटन बोर्डले राजश्वमा कुनै सम्झौता हुन नसक्ने भन्दै जरिवाना र व्याजसमेत असुल्न थालेको छ । यसैकारण व्यक्ति वा संस्थागत रिसिइबीका कारण हानले विरोध गरिरहेका छन् ।
त्यसको अलावा नेपाल पर्वतारोहण संघ, वायुसेवा सञ्चालक संघ लगायतका अन्य संघसंस्थाको बिरोध पनि कि त आर्थिक कारणसँग जोडिएको छ या त पर्यटनको संस्थागत समूहको ऐक्यवद्धताको नाममा । होइन भने राष्ट्रिय पर्यटन मेलाकै विरोध गरिरहनुको कुनै तर्क छैन । किनकी मेला कुनै व्यक्ति, संस्था वा समूह विशेषको भन्ने हुँदैन । बार्गेनिङ नमिलेको झोंकमा राष्ट्रिय मेला नै स्थगित गर्नमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु र राष्ट्रिय पर्यटन मेला न धरापमा पार्नलाई राम्रो मान्न सकिदैन । किनकी, निजी क्षेत्र र पर्यटन बोर्डबीचको यो अन्तरविरोधले अन्ततः आन्तरिक मात्र होइन, बाहृय पर्यटन समेत प्रभावित हुनेछ । पर्यटन बोर्डले पनि निजी क्षेत्रका व्यवसायीहरुलाई सम्मान गर्ने वातावरण बनाउनर्ुपर्छ । दुबैपक्ष संयमित भएर अघि बढेमात्र नेपालको पर्यटन क्षेत्रले फड्को मार्नसक्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु