फोहोरपनि आम्दानीको स्रोत

२०७० चैत्र २७ गते, बिहीबार


काठमाडौं ।कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारबाट निस्कने फोहोर व्यवस्थापन गर्न मासिक ३ लाख रुपैयाँ खर्च गर्दै आएकोमा अबदेखि त्यही फोहोर बेचेर आम्दानी गर्ने भएको छ । पछिल्लो समय प्रांगरिक फोहोरलाई बंगुरलगायतको पशुको दाना र मल उत्पादन जस्ता उपयोगी काममा लगाउने क्रम बढेपछि कालिमाटीको खेरजाने तरकारी पनि उपयोगी हुने देखिएको हो ।
फोहोरको उपयोगिता देखिएपछि कालिमाटीको फोहोर उठाउन प्रतिस्पर्धा नै हुन थालेको छ । बजारको फोहोर किनेर लैजान ‘ज्ञानीभक्त बादे बायो कम्प नेपाल प्रालि’ लगायत ३ वटा कम्पनीले इच्छा देखार्एको र कुनै एउटालाई जिम्मा दिने तयारी भइरहेको समितिले जनाएको छ । कम्पनीहरुले प्रांगरिक मल उत्पादन गर्ने उद्देश्यले फोहोर लिन चाहेको बताएका छन् ।
यसअघि कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सञ्चालन गरेको कालिमाटी तरकारी बजारको फोहोर व्यवस्थापन समस्याको रुपमा रहँदै आएको कारोबार दैनिकमा खबर छ ।
अहिलेसम्म कालिमाटी बजारले फोहोर व्यवस्थापन गर्नमात्र वाषिर्क ३६ लाख रुपैयाँ खर्च गरे पनि यो समस्या बर्सेनि बल्भिmँदै गएको छ । कति मूल्यमा फोहोर बिक्री गर्ने भन्ने विषयमा भने समितिमा अहिले छलफल भइरहेको छ ।
आगामी तीन महिनासम्म पैसा तिरेर फोहोर व्यवस्थापन गर्ने सम्झौता भइसकेकोले त्यसपछि भने पैसा लिएर फोहोर बिक्री गरिने प्रमुख बजार व्यवस्थापक मनोज धितालले बताए ।

प्रतिक्रियाहरु